News Portal

धरान अपडेट: मेयरमा हर्क साम्पाङ र उपमेयरमा बेघा र इस्वोले १० हजार कटाए

हिमालीसंचार संवाददाता
३०२४ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा मध्यरातसम्म ३२ हजार मतगणना सकिदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१ मत प्राप्त गरेका छन् भने उपमेयर तर्फ गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १०८३३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्बो लिम्बुले १०३२८ मत सहित जारी मतगणनामा मेयरमा साम्पाङ, उपमेयरमा बेघा र लिम्बुले  १० हजार बढी कटाएका छन् ।

बिहिबार राती मध्यरातसम्म भएको मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयर तर्फ हर्क साम्पाङ र किशोर राईको ५०० मतको मतान्तर रहेको छ भने उपमेयर तर्फको गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा र एमाले उम्मेदवार पदम इस्वोको मतान्तर ५०५ रहेको छ। एमालेबाट मेयर पदको उम्मेदवार रहेकी मञ्जु भण्डारीले ७६७८ मत प्राप्त गरेकी छिन्। 

त्यस्तै, उपमेयर पदमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा १०८३३ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् उता एमाले उम्मेदवार पदम इस्वोले १०३२८ मत सहित बेघालाई पछ्याइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...