News Portal

इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी निर्वाचित

हिमालीसंचार संवाददाता
४१४ पटक

सुनसरी – सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारीले ११८२४ मत प्राप्त गरेका छन् भने विनिताकुमारी मेहताले ११४८० प्राप्त गरी निर्वाचित हुन्।

कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।भण्डारीले ११८२४ मत ल्याउँदा एमालेका पोखरेलले ९ हजार ५३ मत मात्र पाए ।

त्यस्तै, नगरको उपमेयरमा एमालेकी उम्‍मेदवार सहजादी प्रविन(आलम)लाई २ हजार बढी मतले पराजित गर्दै कांग्रेसकी मेहताले जितेकी हुन्। मेहताले ११४८० मत ल्याउँदा एमालेकी सहजादीले ९ हजार५३७ मत मात्र पाइन् ।

त्यस्तै, उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४८० मत पाइन् भने उनकी निकटतम प्रत्यासी नेकपा एमालेका सहजादी प्रविन (आलम)ले ९ हजार ३३७ मत पाएकी छिन् । मेयरमा निर्वाचित भण्डारी कांग्रेस सुनसरीका सभापति समेत हुन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...