News Portal

हेटौंडामा विजयी उम्मेदवारले, पराजीत उम्मेदवारलाई काँधमा बोकेर खुशी साटे

विद्यार्थीसँग पराजित भएपछि गुरुले भने–मेरो चेला अब्बल भएछ!

हिमालीसंचार संवाददाता
५८२ पटक

रुपेश राना/हेटौंडा – हेटौंडाको एउटा रोचक दृश्य। विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसी साटेका छन् । जनु तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै रुचाइएको छ । हेटौंडा–५ का विजयी भएका एमालेका उम्मेदवार सुशील घिमिरेले आफ्ना प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार हयगृव आचार्यसंग आशीर्वाद लिँदै काँधमा राखेर खुशी साटेका थिए।

लामो समयपछि वैदेशिक रोजगारबाट फर्केका घिमिरे काँग्रेसका उम्मेदवार आचार्यका शिष्य हुन् । उनै घिमिरेले विद्यालय तहका गुरू आचार्यलाई स्थानीय तह निर्वाचनमा पराजित गरेका छन् ।

घिमिरेले २५३० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी गठबन्धनबाट कांग्रेसका उम्मेदवार हयग्रीव आचार्यले १३९० मत प्राप्त गरी पराजित भए । हेटौंडा–५ निवासी आचार्य र घिमिरेबीच व्यवहारिक रुपमा गुरु चेला भएपनी राजनैतिक रुपमा प्रतिद्वन्दी भए। 

आफ्नो जनप्रतिनिधिको यात्राभर प्रतिस्पर्धीको रुपमा रहेका आचार्यलाई मुख्य सल्लाहकारको भूमिकामा राखेर हरेक कामहरु सम्पादन गर्ने बताए ।

यता गुरु आचार्यले आफ्नै चेलासँग पराजित हुँदा पनी खुशी व्यक्त गरे । ‘सुशील मेरो चेला हो । आफूलाई उछिनेर मेरै चेला विजयी भएकोमा खुशी छु । उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ । म ढुक्क छु,’ उनले भने ‘चुनाव एउटा प्रतिस्पर्धा हो । त्यसमा हार जित हुनु स्वभाविक प्रक्रिया हो । मैले हारेँ । मेरो चेलो अब्बल भएछ ।’

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...