News Portal

हेटौंडामा विजयी उम्मेदवारले, पराजीत उम्मेदवारलाई काँधमा बोकेर खुशी साटे

विद्यार्थीसँग पराजित भएपछि गुरुले भने–मेरो चेला अब्बल भएछ!

हिमालीसंचार संवाददाता
५०१ पटक

रुपेश राना/हेटौंडा – हेटौंडाको एउटा रोचक दृश्य। विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसी साटेका छन् । जनु तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै रुचाइएको छ । हेटौंडा–५ का विजयी भएका एमालेका उम्मेदवार सुशील घिमिरेले आफ्ना प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार हयगृव आचार्यसंग आशीर्वाद लिँदै काँधमा राखेर खुशी साटेका थिए।

लामो समयपछि वैदेशिक रोजगारबाट फर्केका घिमिरे काँग्रेसका उम्मेदवार आचार्यका शिष्य हुन् । उनै घिमिरेले विद्यालय तहका गुरू आचार्यलाई स्थानीय तह निर्वाचनमा पराजित गरेका छन् ।

घिमिरेले २५३० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी गठबन्धनबाट कांग्रेसका उम्मेदवार हयग्रीव आचार्यले १३९० मत प्राप्त गरी पराजित भए । हेटौंडा–५ निवासी आचार्य र घिमिरेबीच व्यवहारिक रुपमा गुरु चेला भएपनी राजनैतिक रुपमा प्रतिद्वन्दी भए। 

आफ्नो जनप्रतिनिधिको यात्राभर प्रतिस्पर्धीको रुपमा रहेका आचार्यलाई मुख्य सल्लाहकारको भूमिकामा राखेर हरेक कामहरु सम्पादन गर्ने बताए ।

यता गुरु आचार्यले आफ्नै चेलासँग पराजित हुँदा पनी खुशी व्यक्त गरे । ‘सुशील मेरो चेला हो । आफूलाई उछिनेर मेरै चेला विजयी भएकोमा खुशी छु । उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ । म ढुक्क छु,’ उनले भने ‘चुनाव एउटा प्रतिस्पर्धा हो । त्यसमा हार जित हुनु स्वभाविक प्रक्रिया हो । मैले हारेँ । मेरो चेलो अब्बल भएछ ।’

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...