आज : २०२६-०७-२६, आइतबार

धरान वडा नं. ८ मा एमालेको उम्मेदवार राईको प्यानल सहित निर्वाचित

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ८ मा नेकपा एमालेको उम्मेदवार धनबहादुर राईले १७२५ मत प्राप्त गरी वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् ।

उनका प्रत्यासी उत्तमकुमार राईले ९०८ मत प्राप्त गरी पराजीत भएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार कृपा राईले ३३३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, खुल्ला सदस्यमा क्रमश देविप्रसाद पोख्रेलले १६०५ मत र रविन्द्र श्रेष्ठले १६५१ मत प्राप्त गरेका छन् । महिला सदस्य देवि लामा पाख्रिनले १६७८ मत प्राप्त गरिन । दलित महिला सदस्यमा सावित्रा परिवारले १७१७ मत प्राप्त गरी राईको प्यानल सहित निर्वाचित भएका हुन् ।