News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रमुख राजनैतिक दलका उम्मेदवारलाई टक्कर र चुनौति दिइरहेका छन् यी स्वतन्त्र उम्मेदवार!

    हिमालीसंचार संवाददाता
    १५९४ पटक

    धरान – स्थानीय तह निर्वाचनमा देशका मुख्य पाँच शहरका नगरमा स्वतन्त्र उम्मेदवारले तहल्का मच्चाई रहेका छन् ।  धरान, काठमाडौं, धनगढी, जनकपुर र बर्दिबास नगरमा स्वतन्त्र उम्मेदवारले नेपालका प्रमुख दलका उम्मेदवारलाई टक्कर र चुनौति दिइरहेका छन् । 

    धरानमा गठबन्धनलाई लौरोको पीर! 

    सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको लौरो प्रमुख दलहरुमाथि निरन्तर बर्सिरहेको छ । लौरोमा झरेको मतको चोटले धरानको कम्युनिष्ट लाल किल्ला मात्र होइन पाँच दलीय गठबन्धनलाई टक्कर दिदै अहिले चुनौति दिएको हर्क साम्पाङले सबैलाई पछि पार्दै अधिबढेका छन् । तर धरान वडा नं. २० को मतदान अधिकृतको लपार्बाहीका कारण मतपत्रमा दस्तखत नभएको विषयले विवाद सिर्जना हुदा धरानको मतगणना केहि समय स्थगित भएको थियो। अबरुद्ध मतगणनाले अहिले निरन्तरता पाएको छ। 

    हर्क साम्पाङले ८५०९ मतसहित अग्रता लिएका छन् भने पाँच दलीय गठबन्धनबाट काँग्रेसका किशोर राईले ८३६२ मतसहित पछ्याइरहेको छ । सुरुवाती अग्रता लिएका राईलाई मध्य क्रममा आएर साम्पाङले सबैलाई छोडेका छन् । धरानमा भ्रष्टचार विरुद्ध विरोध र संघर्ष गर्दै सामाजिक अभियान्ताको​ छवि बनाएका सम्पाङले पार्टीहरूको संगठनमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् । 

    ०७५ सालमा भएको उपनिर्वाचन काँग्रेसका उम्मेदवार तिलक राईको नेतृत्वमा कांग्रेस एक्लैले धरानको लाल किल्ला भत्काएको थियो । त्यसलाई जोगाउन अहिले काँग्रेसलाई माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको सामर्थ्य पनि साम्पाङ सामु अपुग भएको छ ।

    काठमाडौं महानगरमा बालेनको लौरो बर्सियो! 

    काठमाडौं महानगरपालिकामा देशकै पहिलो दल एमाले र दोस्रो ठूलो दल काँग्रेसमाथि स्वतन्त्र उम्मेदवार बलेन्द्र शाह (बालेन) को चुनाव चिन्ह्र ‘लौरो’ त्यसरी नै बर्सिइरहेको छ ।

    यो समाचार तयार पर्दासम्म साहले १९ हजार ८१ ​मतसहित भारी मतान्तरले एमाले र काँग्रेसका उम्मेदवार पछाडि पारेको छ । दुई पटक काठमाडौंको कमाण्ड सम्हालिसकेका एमालेका अनुभवी नेता केशव स्थापितलाई बालेन शाहले ७ हजार ८४६ मतको भारी बोकाइराखेका छन् । २०५४ सालमा नै ८४ हजार मत ल्याएर काठमाडौंको मेयर भएका स्थापितलाई बालेन शाहको लौरोले विस्थापित गर्ने जनमत प्राप्त गरिरहेका छन्। 

    अहिले स्थापितले ९८२७ मत प्राप्त गरेका छन् र सिर्जना सिंहले ८८९३ मत प्राप्त गरेकी छिन् । सिर्जनाभन्दा बालेन दोब्बरभन्दा बढी मतले अगाडि छन् । काठमाडौं उपत्यकामा दबदबाब राख्ने काँग्रेस नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापाको क्षेत्रमा समेत बालेनले सिर्जनालाई मात खुवाएको देखिन्छ ।

    काँग्रेस र एमालेको गढमा पनि अहिलेसम्म बालेनको एकछत्र रजाई छ । सुरुवातदेखि अहिलेसम्म बालेनलाई चिन्ता थप्ने गरेर स्थापित र सिर्जनाले पछ्याउनै नसकेको अवस्था छ । बालेनको लौरोमा प्राप्त मतले उनीहरुलाई घायल बनाएको छ । काठमाडौं वडा नं.  १, देखि ७ र २५ देखि ३२ को मत गणना जारी छ । महानगरमा अहिलेसम्म १, २, ३ र ५ नम्बर वडाको मत गणना सकिएको छ ।

    आरजुको गृहनगरमा हामलको कमाल!

    प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले कमाल गरिरहेका छन् । काँग्रेस, माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार काँग्रेसका नृप वडलाई हमालले दोब्बरभन्दा बढी मतले पछाडि पारिरहेका छन् ।

    ०७४ सालको चुनावमा काँग्रेस एक्लैको बलमा हमाललाई हराएका वडलाई यसपटक माओवादी र एकीकृत समाजवादीको समर्थनले सामर्थ्य दिएको छैन । हमालले १२३०४ मत ल्याउँदा वडले ५८९२ मत प्राप्त गरेकी छिन्। ०७४ सालको निर्वाचनमा वडसँग २७९७ मतान्तरले पराजित उनी यस पटक बदला लिने दिशामा देखिन्छन् । ०७४ सालमा वडले १४३२४ मत प्राप्त गर्दा हमालले ११५२७ मत प्राप्त गरेका थिए ।

    यसमा माओवादी केन्द्रका राम समझ रानाले १०२०० मत प्राप्त गरेका थिए भने एमालेका दुर्गा जोशीलाई १०२०० मत प्राप्त गरेका थियो । काँग्रेसको १४३२४, माओवादीको १०२०० र समाजवादीमार्फत एमालेको विभाजित मतलाई पनि हमालले कडा चुनौती दिएका छन् । धनगढी देउवा पत्नी तथा काँग्रेस केन्द्रीय सदस्य आरजु राणाको निर्वाचन क्षेत्र भएकाले पनि काँग्रेसको प्रतिष्ठासँग जोडिएको छ । कैलाली ५ लाई निर्वाचन क्षेत्र बनाएकी आरजुको घर पनि धनगढीमै छ ।

    ०७० सालको संविधानसभा निर्वाचनमा देउवाले सर्वाधिक मतान्तरले जितेको क्षेत्र धनगढीमै पर्छ । तर अहिले राप्रपा र विवेकशीलको समर्थन पाएका स्वतन्त्र उम्मेदवार हमाल काँग्रेसलाई भारी बनेका छन् ।

    जनकपुरमा काँग्रेस बागी हावी! 

    धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनविरुद्ध काँग्रेसका बागी मनोज साह पुरापूर हावी देखिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा नेतृत्वले जनकपुर जनता समाजवादी पार्टी (जसपा)लाई छोडेपछि साहले विद्रोह गरेका थिए । काँग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका साहको सुरुवाती अग्रता अझै कायम छ ।

    साहको चुनाव चिन्ह घण्टाघरमा मत ओइरिएको छ । उनले ४४६६ मत प्राप्त गरी अग्रता लिइररेका छन् । उनलाई एमालेका शिवशंकर साहले ३०३२ मत प्राप्त गरी पछ्याई राखेका छन् । मधेस आन्दोलनबाट उदाएका जसपा र लोसपा पनि मधेस प्रदेशको राजधानी रहेको जनकपुरमा स्वतन्त्रको छेउसम्म पुग्न नसकेको अवस्था छ । लोसपाका मनोज चौधरीले १२९९ मत प्राप्त गरेका छन्। 

    पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जसपाका लालकिशोर साह पाँचौ स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १२२४ मत प्राप्त गर्दा साहका १२११ मत प्राप्त गरेको छ । मनोजले गठबन्धनका उपमेयरका उम्मेदवार काँग्रेसका किशोरी साह भन्दा १२७ मत कम ल्याएका छन् ।

    जनकपुरबासीको स्वतन्त्र झुकाव यसपटक मनोजमाथि परेको छ । पार्टी नेतृत्वले जसपालाई सुम्पिएको जनकपुर जनमतको बलमा खोस्ने प्रयासमा मनोजलाई सफलता मिल्ने संकेत देखिएको छ । उनले काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको सांगठनिक शक्तिलाई चुनौती दिईरहेको छ।

    बर्दिवास जेब्रा तीव्र रेसमा! 

    महोत्तरीको बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार श्रेत्रीले दलहरुलाई उस्तै चुनौती दिरहेका छन् । काँग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका प्रहलादको जेब्रा तीव्र गतिमा दौडिरहेको छ । उनले १००६३ मत ल्याउँदा माओवादी केन्द्रका राजु खड्काले ५२५७ मतका प्राप्त गरी पछ्याइरहेका छन् ।

    तेस्रो स्थानमा रहेको एमालेका टेक बहादुर बलम्पाकी ३११० मत ल्याएका छन् भने काँग्रेसका उम्मेदवार चिरंजीवी हमालको जम्मा ७११ मत आएको छ । बर्दिवासको मेयरको प्रतिस्पर्धामा १० पार्टी र एक स्वतन्त्र प्रहलादसँग दौड जित्न लगभग असम्भव प्रयाः भइसकेको छ ।

    ७४ को निर्वाचनमा बर्दिवास माओवादी केन्द्रका विदुर कुमार कार्कीले ९१८७ मत प्राप्त गरी विजयी भएका थिए । अहिले माओवादीका उम्मेदवार खड्काभन्दा प्रहलाद ४८०६ मतले अगाडि छन् । ०७४ मा काँग्रेसबाट मेयरका उम्मेदवार बनेका उनले ८१७० मत ल्याएका थिए । उनी माओवादीका उम्मेदवार कार्कीसँग जम्मा १०१७ मतले पराजित भएका थिए । यसपटक पार्टीले रोक्ने प्रयास गरेपनि उनी स्वतन्त्र रुपमा बर्दिबासको मेयर जित्ने निश्चित भएको छ ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...