News Portal

धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको निरन्तर अग्रता

हिमालीसंचार संवाददाता
१६१८ पटक

धरान – धरान उपमहानगरपालिका धरानको अहिले १० बजेसम्मको मतगणनाको मतपरिणाम सार्वजनिक हुदा स्वतन्त्र मेयर पदका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) ले ८५०९ मत प्राप्त गरी अग्रस्थान कायम गरिरहेका छन्।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले ८३६२ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६८५८ मत प्राप्त गरी तेस्रो स्थानमा साम्पाङ र राईलाई पछ्याई रहेकी छिन्। 

त्यस्तै, उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार आइन्द्र विक्रम बेघा ९४३० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्बो लिम्बुले ९०७९ मत प्राप्त गरेका छन् ।

धरानमा अहिलेसम्म २९४६६ मत गणना हुँदा मेयर तर्फ हर्क साम्पाङ र किशोर राईको १४७ मतको मतान्तर रहेको छ भने हर्क साम्पाङ र मञ्जु भण्डारीको १६५१ मतको मतान्तर रहेको छ। त्यस्तै, उपमेयर तर्फ आइन्द्र विक्रम बेघा र पदम इस्बो लिम्बु ३५१ मतको मतान्तर रहेको छ। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...