खोटाङ – खोटाङ जिल्लामा दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार बिजयी भएका छन् । एमाले प्रमुख सचेतक बिशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्षम विजयी भएका छन् ।
नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईको गृहपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र राई अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रबिप्रकाश राई विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का सामाजिक बिकास मन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा नेपाली कांग्रेस उम्मेदवार समिर राई अध्यक्षमा विजयी भएका छन्। एमाले नेतृ एबं प्रदेश १ का पुर्वसामाजिक विकास मन्त्री उषाकला राईको वडामा नेकपा माओवादी केन्द्रका खगेन्द्र राई विजयी भएका छन् ।
नेपाली कांग्रेस जिल्ला सभापति बिष्णुकुमार राईको वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा एमालेका भुपेन्द्र बस्नेत विजयी भएका छन् ।