News Portal

धरान अपडेटः धरान वडा नं. २० को मतगणनामा विवाद, मतगणना स्थगित

हिमालीसंचार संवाददाता
४१८ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. २० को मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद हुदा अहिले धरानको मतगणना स्थगित भएको छ।

धरान वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको थियो । सर्वदलिय बैठकको निर्णय अनुसार उक्त मतपत्र रद्ध गर्दा वडा नं. २० मा माओबादी पराजित हुने खतरा रहेको हुदा माओबादी कार्यकर्ताको विरोधका कारण अहिले मतगणना स्थगित भएको छ। 

माओवादी केन्द्रका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालयअघि प्रर्दशन गरिरहेका छन् । जनताले दिएको अभिमत मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् । मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने माग पनी गरेका छन् । वडा नं. २० मा पुनः मतदान हुनुपर्ने उनीहरुको माग छ ।

सर्वदलीय बैठक अनुसार बैठकले कानून वमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्ध हुने निर्णय लिएको थियो । हस्ताक्षर विनाको १८ वटा मतपत्रमा ११ वटा मतपत्र नेकपा माओवादी केन्द्रको प्यानल सहितको भोट भएको माओवादीको दाबी छ । वडा २० को मतगणना सकिदा माओवादी ४ भोटले पराजित भएको उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...