News Portal

रंगेली निर्वाचन अपडेटः रंगेलीको वडा नं. १, २ र ३ मा नेकपा एमालेको प्यानलै निर्वाचित

हिमालीसंचार संवाददाता
३०५ पटक

रबिन्द्र बराल/मोरङ – मोरोङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । रंगेली वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । 

रंगेली वडा नं. ३ को वडाध्यक्षमा एमालेका भरतराज प्रसाई सहित उनको टिमका सवै निर्वाचित भएको निर्वाचन कार्यलय रंगेलीले जनाएको छ ।   वडाध्यक्षमा प्रसाईले १३५४ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विकास शिवाकोटीले ११५८ मत मात्र प्राप्त गरेका थिए ।  

त्यसैगरी वडा नम्बर १ को वडाध्यक्षमा एमालेका महेशकुमार खनालले १४४८ मत ल्याएर विजयी भएका छन ।  वडा नम्बर २ मा एमालेका सन्लाल खवास ११९४ विजय भएका छन । वडा नम्बर ३  नेकपा एमाले भरत प्रसाई १३५४ मत ल्याएर विजयी भएका छन । 

मेयर पदका एमालेका उम्मेदवार दिलिप बगडीयाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार मोदाराज घिमिरेलाई निकै पछि पारेका छन् । उपमेयरमा पनि एमालेकी भूमा पराजुलीले निकै फराकिलो मातन्तर बनाउँदै लगेकी छिन् ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...