News Portal

रंगेली निर्वाचन अपडेटः रंगेलीको वडा नं. १, २ र ३ मा नेकपा एमालेको प्यानलै निर्वाचित

हिमालीसंचार संवाददाता
२८९ पटक

रबिन्द्र बराल/मोरङ – मोरोङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । रंगेली वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । 

रंगेली वडा नं. ३ को वडाध्यक्षमा एमालेका भरतराज प्रसाई सहित उनको टिमका सवै निर्वाचित भएको निर्वाचन कार्यलय रंगेलीले जनाएको छ ।   वडाध्यक्षमा प्रसाईले १३५४ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विकास शिवाकोटीले ११५८ मत मात्र प्राप्त गरेका थिए ।  

त्यसैगरी वडा नम्बर १ को वडाध्यक्षमा एमालेका महेशकुमार खनालले १४४८ मत ल्याएर विजयी भएका छन ।  वडा नम्बर २ मा एमालेका सन्लाल खवास ११९४ विजय भएका छन । वडा नम्बर ३  नेकपा एमाले भरत प्रसाई १३५४ मत ल्याएर विजयी भएका छन । 

मेयर पदका एमालेका उम्मेदवार दिलिप बगडीयाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार मोदाराज घिमिरेलाई निकै पछि पारेका छन् । उपमेयरमा पनि एमालेकी भूमा पराजुलीले निकै फराकिलो मातन्तर बनाउँदै लगेकी छिन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...