धरान – धरान उपमहानगरपालिका धरानमा २६८६३ मतपत्र गणना हुदा सत्तारुढ गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ७७१२ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन्।
निर्वाचन आयोगको कार्यालयले अहिले विहान ८ बजे दिएको जानकारी अनुसार सत्तारुढ गठपन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ७७१७ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ७४६१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६४२५ मत प्राप्त गरी राई र साम्पाङलाई पछ्याईरहेकी छिन्।
त्यस्तै, उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम वेघाले ८६७० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम इश्वोले ८३२४ मत प्राप्त गरेका छन् । धरानमा ६२ हजार ६ सय ५७ मत खसेको छ।