News Portal

ललितपुरको वडा नं. ७ मा कांग्रेसका कुलबहादुर महर्जन निर्वाचित

हिमालीसंचार संवाददाता
३५७ पटक

ललितपुर – ललितपुर महानगरपालिकाको वाड नम्बर ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन निर्वाचित भएका छन् । महर्जनले २१७० मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका सुरेन्द्र महर्जनले ५८९ र विवेकशील साझाका सिताराम महर्जनले ११ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा अहिलेसम्म मत गणना भएको २१४२६ मतमध्ये नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले ११९२० मत प्राप्त गरी अग्रस्थानमा छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५५७० मत प्राप्त गरेका छन् भने  राप्रपाका अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यले ५९८३ मत प्राव्त गरी अग्रता कायम राखेकी छिन । उनले ५९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४५६६ मत प्राप्त गरी शाक्यलाई पछ्याइरहेका छन् । स्वर्णिमा शाक्यको पक्षमा १८३२ मत प्राप्त गरेकी छिन्।

ललितपुर महानगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल रहेको छ। कांग्रेसले मेयर र माओवादीले उपमेयर पदमा प्रतिस्पर्धा गरिरहेका छन् । तर उपमेयर पदमा उम्मेदवारी नदिएको कांग्रेसको रुख चिह्नमा ३२८० मत प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...