आज : २०२६-०९-३०, बुधबार

पोखरा अपडेटः पोखरा महानगरमा ३४६१६ मत गणनाको नतिजा सार्वजनिक

पोखरा – स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तरगत पोखरा महानगरपालिकामा ३४६१६ मत गणना सकिएको छ । पोखरा महानगरको  मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १४३६२ मत प्राप्त गरी अग्रता कायम राखिरहेका छन् ।

बुधबार बिहानसम्म उनले १४३६२ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले १२५१७ मत प्राप्त गरेका छन् । त्यस्तै,  अटेरी समुहका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले  ८१५ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १४२७५ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी कोपिला रानाभाटकोले १४६५०  मत प्राप्त गरेकी निर्वाचन आयोगको कार्यालयले जनाएको छ । मत गणना जारी रहेको छ।