News Portal

मोरङको रंगेली वजा नं. १ र ३ मा नेकपा एमालेको प्यानल बिजय

हिमालीसंचार संवाददाता
२९० पटक

रविन्द्र।बराल/मोरङ – मोरङ जिल्लाको  रंगेली नगरपालिकामा नेकपा (एमाले) ले विजयी सुरुवात गरेको छ । वडा नम्बर ३ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको हो । रंगेली–३ को वडाध्यक्षमा एमालेका भरतराज प्रसाई सहित उनको टिमका सवै निर्वाचित भएको निर्वाचन कार्यालय रंगेलीले जनाएको छ ।

वडाध्यक्षमा प्रसाईले १३ सय ५४ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विकास शिवाकोटीले ११५८ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै, सदस्यहरुमा पनि एमालेकै लोकबहादुर काफ्ले, राधिका मगर, पुनम कर्मकार र दलित महिला सदस्यमा तुलसा दमाई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्याले रंगेलीले जनाएको छ । 

२०७४ सालमा सो वडामा नेपाली कांग्रेस विजयी भएको थियो । तर, यसपटक भने एमालेले जित्दै नयाँ इतिहास रचेको हो । त्यसैगरी बडा नम्बर १ को वडाध्यक्षमा एमालेका महेशकुमार खनाल ले १४ सय ४८ मत ल्याएर बिजय भएका छन ।  नेपाली कांग्रेसका तारानाथ प्रसाईले  पराजित गरे का हुन । 

त्यस्तै वडा सदस्यहरुमा पनि एमालेबाटै इश्वरचन्द्र माझि थारु, प्रदिपकुमार राजवंशी, लालुदेवी सरदार र सन्तोषी चौधरी विजयी भएका हुन् । अहिले दुवी वडामा एमालेकै उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । 

मेयरमा एमालेका दिलिप बगडीयाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार मोदाराज घिमिरेलाई निकै पछि पारेका छन् । उपमेयरमा पनि एमालेकी भूमा पराजुलीले निकै फराकिलो मातन्तर बनाउँदै लगेकी छिन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...