News Portal

मोरङको रंगेली वजा नं. १ र ३ मा नेकपा एमालेको प्यानल बिजय

हिमालीसंचार संवाददाता
४०२ पटक

रविन्द्र।बराल/मोरङ – मोरङ जिल्लाको  रंगेली नगरपालिकामा नेकपा (एमाले) ले विजयी सुरुवात गरेको छ । वडा नम्बर ३ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको हो । रंगेली–३ को वडाध्यक्षमा एमालेका भरतराज प्रसाई सहित उनको टिमका सवै निर्वाचित भएको निर्वाचन कार्यालय रंगेलीले जनाएको छ ।

वडाध्यक्षमा प्रसाईले १३ सय ५४ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विकास शिवाकोटीले ११५८ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै, सदस्यहरुमा पनि एमालेकै लोकबहादुर काफ्ले, राधिका मगर, पुनम कर्मकार र दलित महिला सदस्यमा तुलसा दमाई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्याले रंगेलीले जनाएको छ । 

२०७४ सालमा सो वडामा नेपाली कांग्रेस विजयी भएको थियो । तर, यसपटक भने एमालेले जित्दै नयाँ इतिहास रचेको हो । त्यसैगरी बडा नम्बर १ को वडाध्यक्षमा एमालेका महेशकुमार खनाल ले १४ सय ४८ मत ल्याएर बिजय भएका छन ।  नेपाली कांग्रेसका तारानाथ प्रसाईले  पराजित गरे का हुन । 

त्यस्तै वडा सदस्यहरुमा पनि एमालेबाटै इश्वरचन्द्र माझि थारु, प्रदिपकुमार राजवंशी, लालुदेवी सरदार र सन्तोषी चौधरी विजयी भएका हुन् । अहिले दुवी वडामा एमालेकै उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । 

मेयरमा एमालेका दिलिप बगडीयाले फराकिलो मतान्तर बनाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार मोदाराज घिमिरेलाई निकै पछि पारेका छन् । उपमेयरमा पनि एमालेकी भूमा पराजुलीले निकै फराकिलो मातन्तर बनाउँदै लगेकी छिन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...