News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ताप्लेजुङ अपडेटः ताप्लेजुङमा मतगणना सकियो ६ पालिकामा गठबन्धन विजयी

    हिमालीसंचार संवाददाता
    २६४ पटक

    ताप्लेजुङ – ताप्लेजुङका ६ स्थानीय तहमा गठबन्धनले जितेको छ । ताप्लेजुङमा ९ स्थानीय तह रहेको यहाँ गठबन्धन तर्फबाट नेपाली कांग्रेसले एक नगरपालिकासहित चार स्थानीय तहमा जित हात पार्यो भने माओवादी दुईवटा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भयो । एमालेले तीन स्थानीय तहको प्रमुख जितेको छ ।

    जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकामा नेपाली कांग्रेसका अमिर मादेनले नेकपा एमालेका छत्रपति प्याकुरेललाई २ हजार २ सय ८६ मतको अन्तरले पराजित गरे । नगरप्रमुखमा निर्वाचित मादेनले ६ हजार १ सय ७९ मत ल्याए । उनका निटकतम् प्रतिस्पर्धी निवर्तनमान नगरप्रमुख समेत रहेका एमाले उम्मेदवार छत्रपति प्याकुरेल ३ हजार हजार ८ सय ९२ मत प्राप्त गरे । उपप्रमुखमा एमाले उम्मेदवार भीमादेवी ओझा ४ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी छन् । माओवादी केन्द्रका उम्मेदवार निवर्तमान नगर उपप्रमुख बमबहादुर भट्टराईले ३ हजार ८ सय ४४ मत ल्याए । फुङलिङ नगरपालिकामा यसअघिका प्रमुख र उपप्रमुख दुबै पराजित भए । 

    यसैबीच पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालले जितेको छ । अध्यक्षमा गठबन्धनका रामकुमार थेबेलाई २४ मतान्तरले पराजित गर्दै एमालेका केशरकुमार सुब्बाले जितेका हुन् । सुब्बाले २ हजार ८ सय ९८ प्राप्त गर्दा थेबेले २ हजार ८ सय ७४ प्राप्त गरे । उपाध्यक्षमा एमालेकै रनमाया गुरुङ सर्वाधिक ३ हजार १ सय ८६ मत प्राप्त गर्दै १ हजार ३ सय ९५ मतले माओवादीका कुमार लिम्बुलाई पराजित गरिन् । कुमार लिम्बुले १ हजार ७ सय ९१ मत प्राप्त गरेका थिए ।

    यता आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र पोमु निर्वाचित भएका छन् । पोमु ३ हजार ३६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी विश्वनाथ सिटौलाले २ हजार ५२६ मत ल्याए । उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार शान्ताकुमारी आङबुहाङ २ हजार ८१९ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रजिन हाङवाङले २४१२ मत ल्याए ।

    यस्तै, सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन् । राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी २ हजार ३ सय ८२ मत ल्याए । उनीहरु बीच ७ सय ३ मतको मत अन्तर रहेको छ । सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया(बन्दना) १ मतान्तरले विजयी भएकी छन् ।कडरियाले २ हजार ३ सय ७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले २ हजार ३ सय ७५ मत ल्याए । माओवादी केन्द्रबाट अघिल्लो पटक सोहि पालिकाको उपाध्यक्षमा निर्वाचित भएका ताम्लिङ यसपटक स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए ।

    उता सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसका लालकृष्ण चौहान विजयी भएका छन् । एमालेका सन्तोष चाम्लिङलाई ६८ मतले पराजित गरे । चौहानले ३ हजार ३ सय ४३ मत पाए भने चाम्लिङले ३ हजार २ सय ७५ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रका डाक्टर चित्र मावो निर्वाचित भए । उनले एमालेकी तुलसा बस्नेतलाइ १ हजार १ सय २१ मतले पराजित गरे । मावोले ३ हजार ५ सय ४६ मत ल्याउँदा बस्नतेले २ हजार ४ सय २५ मत ल्याइन् ।

    यसैगरी, मिक्वाखोला गाउँपालिकामा नेपाली कांग्रेसका भक्तबहादुर कार्की २ हजार २३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिवश लिम्बूलाई ५९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । लिम्बूले १ हजार ९ सय ६४ मत प्राप्त गरे । यस्तै पालिकाको उपाध्यक्ष तर्फ गठबन्धनकै नेकपा माओवादी केन्द्रका डण्डु शेर्पा विजयी भए । शेर्पाले २ हजार १ सय ७४ मत प्राप्त गर्दै उनका प्रतिस्पर्धी एमालेकी मिनाकुमारी केदेमले १ हजार ७ सय ४३ मत प्राप्त गरिन् ।

    उता मैवाखोला गाउँपालिकामा माओवादी केन्द्रका विजय प्रकाश वनेम निर्वाचित भएका छन् । २ हजार ६ सय ९ मत प्राप्त गर्दै वनेम विजयी भएका हुन् । एमाले किल्ला भनिदैं आएको मैवाखोलामा यसपटक गठबन्धनले किल्ला भत्काएको छ । वनेमले निवर्तनमान गाउँपालिका अध्यक्ष राजन थत्लुङलाइ पराजित गरे । थत्लुङले २ हजार ५२ मत ल्याए । उपाध्यक्षमा गठबन्धनतर्फ नेपाली कांग्रेसकी कमल कुमारी लिम्बू निर्वाचित भइन् । उनले २ हजार ५ सय ४१ मत प्राप्त गरिन । जहाँ निवर्तनमान उपाध्यक्ष कौशिला थत्लुङलाइ २ हजार १ सय १ मत ल्याइन् ।

    मैवाखोला गाउँपालिका एमाले सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको गृह गाउँ हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२ सदस्यीय गाउँसभा रहने यो गाउँपालिकाबाट अध्यक्ष,उपाध्यक्ष सहित ३२ मध्ये ३१ सभा सदस्य एमालेबाट निर्वाचित भएका थिए । यसपटक भने मैवाखोलाको ६ नम्बर वडा मात्रै जित्यो ।

    मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार युक हां विर हांगाम डम्बरले २ हजार ८ सय ६९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ २ हजार ५ सय ९८ मत ल्याएर निर्वाचित भए । उनलाई एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले चुनौती दिएका थिए । शेर्पा १ हजार ६सय ५७ मत मात्रै प्राप्त गरे । त्यहाँ अध्यक्ष काँग्रेस र उपाध्यक्ष नेकपा एसले पाउने सहमति थियो ।

    उता फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) निर्वाचित भएका छन् । लिम्बू २ हजार ६ सय ६० मत ल्याएर निर्वाचित भएका हुन् । उनले निवर्तनमान पालिका अध्यक्ष समेत रहेका नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गरे । सरोजले २ हजार ३ सय १२ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन् । उनले २ हजार ३ सय ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २ हजार २ सय १२ मत ल्याइन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता र भ्रष्टाचार, उपसमिति निष्कर्षमा कडा सिफारिस

    काठमाडौं, वैशाख ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा सुरु देखिनै अनियमितता र भ्रष्टाचार भएको...