धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ५ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएका छन् । निर्वाचन अयोगले दिएको जनकारी अनुसार एमालेका वडाध्यक्षको उम्मेदवार मनकुमार लिम्बुले १६१५ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका प्रत्यासी कांग्रेसका उम्मेदवार सन्तोष कुमार लिम्बुले १४५४ मत प्राप्त गरे । त्यस्तै, माओबादीका वडाध्यक्षका उम्मेदवार धनकुमार राईले १०३९ मत प्राप्त गरे।
वडा सदस्याहरुमा दलित महिला सदस्य शान्तामाया वि.क.ले १५ सय ९८ मत प्राप्त गरेकी छिन्। खुला महिला सदस्य सुनिता राईले १६२३ मत प्राप्त गरेकी छिन्। खुला सदस्यमा प्रेम बहादुर दाहालले १५५० र बिजय राईले १५२४ मत प्राप्त गरी निर्वाचित भएका छन्।