News Portal

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित

हिमालीसंचार संवाददाता
३१८ पटक

मोरङ – मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार बबिकुमार राई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश पौडेल  निर्वाचित भएका छन् ।

मिक्लाजुङ गाउँपालिकामा कांग्रेस र माओवादी तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा निर्वचित राईले ८ हजार २५३ मतसहित विजयी हुँदा प्रत्यासी एमाले उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेलले ४ हजार ९१६ मत प्राप्त गरेका थिए 

त्यस्तै, उपाध्यक्षमा निर्वाचित माओवादीका पौडेलले ५ हजार ६२६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेकी निर्मला राईले ५ हजार ४५५ मत प्राप्त गरेकी थिइन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ६ वटा वडासहित मिक्लाजुङको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । दुई दलको गठबन्धनले गर्दा नौवटा वडा रहेको मिक्लाजुङमा पाँचवटामा कांग्रेस, दुईवटामा माओवादी र दुई वटा वडामा मात्र नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

मिक्लाजुङ वडा नं. १ को अध्यक्षमा कांग्रेसका पर्वत राई, वडा नं. २ मा बलबहादुर श्रेष्ठ, वडा नं. ४ मा विशाल राई, वडा नं. ६ मा खडीबहादुर मगर र वडा नं.  ९ मा सेमन्तराज दाहाल निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार वडा नं. ३ मा सन्तोषकुमार थापामगर र वडा नं. ७ मा सुशीलराज चौहान मात्र निर्वाचित भएका हुन्। त्यस्तै, नकपा माओवादीका उम्मेदवार वडा नं. ५ मा मेघराज तामाङ र वडा नं. ८ मा पूर्णबहादुर कुँवर निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...