News Portal

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित

हिमालीसंचार संवाददाता
३४९ पटक

मोरङ – मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार बबिकुमार राई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश पौडेल  निर्वाचित भएका छन् ।

मिक्लाजुङ गाउँपालिकामा कांग्रेस र माओवादी तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा निर्वचित राईले ८ हजार २५३ मतसहित विजयी हुँदा प्रत्यासी एमाले उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेलले ४ हजार ९१६ मत प्राप्त गरेका थिए 

त्यस्तै, उपाध्यक्षमा निर्वाचित माओवादीका पौडेलले ५ हजार ६२६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेकी निर्मला राईले ५ हजार ४५५ मत प्राप्त गरेकी थिइन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ६ वटा वडासहित मिक्लाजुङको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । दुई दलको गठबन्धनले गर्दा नौवटा वडा रहेको मिक्लाजुङमा पाँचवटामा कांग्रेस, दुईवटामा माओवादी र दुई वटा वडामा मात्र नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

मिक्लाजुङ वडा नं. १ को अध्यक्षमा कांग्रेसका पर्वत राई, वडा नं. २ मा बलबहादुर श्रेष्ठ, वडा नं. ४ मा विशाल राई, वडा नं. ६ मा खडीबहादुर मगर र वडा नं.  ९ मा सेमन्तराज दाहाल निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार वडा नं. ३ मा सन्तोषकुमार थापामगर र वडा नं. ७ मा सुशीलराज चौहान मात्र निर्वाचित भएका हुन्। त्यस्तै, नकपा माओवादीका उम्मेदवार वडा नं. ५ मा मेघराज तामाङ र वडा नं. ८ मा पूर्णबहादुर कुँवर निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...