News Portal

  • धरान अपडेटः धरान वडा नं. ७ मा जीवन सुवेदी पुनः वडाध्यक्षमा विजयी

    हिमालीसंचार संवाददाता
    १८८९ पटक

    धरान – धरान उपमहानगरपालिका धरान वडा नम्बर ७ नेकपा एमालेका उम्मेदवार जीवन सुवेदी वडाध्यक्षमा विजयी भएका छन ।

    निर्वाचन कार्यालय धरानले वडा नम्बर ७ को अन्तिम मत परिणाम सार्वजानिक गरेको छ । विजयी सुवेदीले ६७९ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रत्यासी सुवर्णमोहन पालिखेले ५७२ मत प्राप्त गरेका छन्। 

    जीवन सुवेदी ०७४ को निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए तत्कालिन वडाध्यक्ष भुवन मोक्तानको निधन पश्चात सुवेदी ०७६ को उपनिर्वाचनमा विजयी भएका थिए । उपनिर्वाचनमा पनि सुवर्णमोहन पालिखेलाई नै १ मतले पराजित गरेका थिए । 

    सुवेदीसँगै उनको प्यानलको दलित महिला र खुल्ला सदस्य विजयी भएका थिए । डे कुमारी विश्वकर्माले ६२४ मत र राजेश मोक्तान ५९३ प्राप्त गर्दै विजयी भएका हुन । अन्य २ सदस्यमा भने नेपाली कांग्रेसबाट महिला सदस्य र खुल्ला सदस्य विजयी भएका छन । सुमिर बम्जनले ६०० मत र रमिता श्रेष्ठले ६२७ मत प्राप्त गर्दै विजयी भएका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...