News Portal

धरान अपडेटः धरान वडा नं. ७ मा जीवन सुवेदी पुनः वडाध्यक्षमा विजयी

हिमालीसंचार संवाददाता
१९९३ पटक

धरान – धरान उपमहानगरपालिका धरान वडा नम्बर ७ नेकपा एमालेका उम्मेदवार जीवन सुवेदी वडाध्यक्षमा विजयी भएका छन ।

निर्वाचन कार्यालय धरानले वडा नम्बर ७ को अन्तिम मत परिणाम सार्वजानिक गरेको छ । विजयी सुवेदीले ६७९ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रत्यासी सुवर्णमोहन पालिखेले ५७२ मत प्राप्त गरेका छन्। 

जीवन सुवेदी ०७४ को निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए तत्कालिन वडाध्यक्ष भुवन मोक्तानको निधन पश्चात सुवेदी ०७६ को उपनिर्वाचनमा विजयी भएका थिए । उपनिर्वाचनमा पनि सुवर्णमोहन पालिखेलाई नै १ मतले पराजित गरेका थिए । 

सुवेदीसँगै उनको प्यानलको दलित महिला र खुल्ला सदस्य विजयी भएका थिए । डे कुमारी विश्वकर्माले ६२४ मत र राजेश मोक्तान ५९३ प्राप्त गर्दै विजयी भएका हुन । अन्य २ सदस्यमा भने नेपाली कांग्रेसबाट महिला सदस्य र खुल्ला सदस्य विजयी भएका छन । सुमिर बम्जनले ६०० मत र रमिता श्रेष्ठले ६२७ मत प्राप्त गर्दै विजयी भएका छन ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...