धरान – धरान उपमहानगरपालिका धरानको निर्वाचन आयोगले १३ हजार ६ सय ४५ मतपरिणामको नतिजा सार्वजनिक गरेको छ। मेयर पदका गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राईले ४१२२ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
आयोगले साँझ ८ बजेसम्म १३ हजार ६४५ मतगणनाको नतिजा सार्वजनिक गर्दा गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ४१२२ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ३३३८ मत प्राप्त गरेकी छिन् । त्यस्तै, सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ३३०८ मत प्राप्त गरी गठबन्धन कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारलाई पछ्याईरहेका छन् ।
त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ४५८१ मत प्राप्त गरी अग्रता अझै कायम राखेका छन् । एमालेका उम्मेदवार पदम इस्वोले ४००३ मत प्राप्त गरेका छन् ।