News Portal

मोरङको लेटाङ नगरपालिका लेटाङ वडा नं. ७ मा एमालेका खगेन्द्र लिम्बु निर्वाचित

हिमालीसंचार संवाददाता
३०६ पटक

अविन माबो/लेटाङ – लेटाङ नगरपालिका लेटाङको वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार खगेन्द्र लिम्बु निर्वाचित भएका छन् । लिम्बुले ९९६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

सत्तारुढ गठबन्धनका कांग्रेसका प्रत्यासी उम्मेदवार गौतमबहादुर लिम्बुले ७३७ मत प्राप्त गरेका थिए। यसअघि नेपाली कांग्रेसले जितेको सो वडामा यसपटक एमालेले जित हात पारेको हो । अन्य ४ जना वडा सदस्यमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । 

महिला वडासदस्य पुरनामाया राईले ९७० मत प्राप्त गरेकी छिन। दलित महिला वडासदस्य पवित्रा विश्वकर्माले ९७० मत प्राप्त गरेकी छिन। सदस्य आदिमान लिम्बुले ९१३ मत प्राप्त गरेका छन् भने सदस्य बम बहादुर लिम्बुले ९०७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...