News Portal

धरानमा निर्वाचन आयुक्तको अनुगमन, गणक संख्या दोब्बर बनाउन निर्देशन

हिमालीसंचार संवाददाता
३८२ पटक

धरान – स्थानी तहको निर्वाचन पश्चात मुलुभर मतगणना भइरहेको छ।  मोरङ जिल्लाको रंगेली नगरको निरीक्षणमा गएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धरानमा जारी मतगणनाको निरीक्षण गरेका छन् ।

धरानमा मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको समयमा प्रमुख आयुक्त थपलियाले धरानमा पनि निरीक्षण गरेका हुन् । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन समेत निर्देशन दिएका छन् ।

प्रमुख आयुक्त थपलियाले मुलुकभर जेठ ५ गतेभित्र मतगणना कार्य सम्पन्न गर्नें गरि मतगणना कार्यलाई अघि बढाउन पनि निर्देशन दिएका छन् । उनले बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम जेठ ५ गते गतेभित्र सम्पन्न गर्ने गरी निर्देशन दिएका हुन्। 

उनले २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको पदावधि सकिने भएकोले ६ गते नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय तहको सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको पनि बताए । स्थानीय तह जनप्रतिनिधिविहिन नहोस् भन्ने आयोगको मुख्य उद्देश्य रहेको उनको भनाई थियो । 

निर्वाचनका विषयलाई लिएर एमालेले धाँधली गरेको आरोप लगाएकोबारे आयुक्त थपलियाले प्रमाणित नभएको कुरा बोलेर आफ्नो प्रतिष्ठा, उचाई र मर्यादा घटाउनेसँगै त्यसबारे पनि जवाफ नखोज्न सञ्चारकर्मीसँग आग्रह गर्दै यो आयोगको विषय नभएको बताए। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...