News Portal

धरानमा सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको टक्कर!

हिमालीसंचार संवाददाता
१४८३ पटक

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानमा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ (हर्कराज राई) ले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई झस्किएका छन् । धरानमा हर्कसाम्पाङले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राई र एमालेकी उम्मेदवार मञ्जु भण्डारीलाई पछ्याइरहेका छन् । उनले प्राप्त गरिरहेको अभिमतले कांग्रेस र एमाले झस्किएका छन् ।

धरानको वडा नं. १ देखि शुरु गरिएको मतगणनाको प्रारम्भिक चरणमा अग्रस्थान बनाउँदै झस्काएका हर्क साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राई र एमालेकी उम्मेदवार मञ्जु भण्डारीलाई पच्छ्याइरहेका छन् । पछिल्लो समय एमाले उम्मेदवार मन्जु भण्डारी सुवेदीले दोस्रो स्थान कायम गरेकी छिन् । 

धरानको चुनावी इतिहासमा एमाले (बामपंथी) जितिरहेको अभिलेख छ। धरानमा ०७६ सालको उपनिर्वाचनको नतिजा बाहेक धरानको अभिलेख नै पृथक छ । तर यसपटक धरान–१८ बुद्धचोक निवासी भष्ट्रचार अभियन्ता हर्क हर्क साम्पाङले धरानका दुई ठुला दल एमाले र कांग्रेसलाई चुनौती दिइरहेका छन् । अहिलेसम्म धरानमा  ११ हजार ५४८ मत गणना हुदा उनले तेस्रो स्थानमा छन् । 

धरानको जारी मतगणनाको पछिल्लो परिणामअनुसार सत्तारुढ गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ३६४५ मत ल्याउदा एमालेकी उम्मेदवार मन्जु भण्डारी सुवेदीले २८९५ मत प्राप्त गर्दै दोस्रो स्थान उक्लिएकी छिन्। सामाजिक अभियन्ता हर्क साम्पाङले २७०९ मत प्राप्त गरेका छन् । हर्क साम्पाङले अहिलेसम्म आफ्नो पकड क्षेत्रभन्दा बाहिरबाटै राम्रो मत प्राप्त भइरहेको बताएका छन् । उपमेयरमा गठबन्धनका माओवादी केन्द्रका अइन्द्र विक्रम वेघाले ३९५३ मत र एमालेका पदम इस्वोले ३४७६ मत प्राप्त गरेका छन् ।

धरानका भ्रष्ट्रचार अभियन्ता मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राजनीति गरेका नेता होइनन् । बैदेशिक रोजगारीमा इराक अफ्गानस्थानमा केहि समय विताएका एउटा साधारण युवा हुन्। उनले धरानको भ्रष्टचार सम्बन्धि अभियान चलाएका सामाजिक अभियन्ता, खानेपानी समस्या र वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि दुई सुत्रिय एजेण्डा बनाएर अघि बढेका युवा हुन् । 

अहिले स्थानीय तहको निर्वाचनमा उनले यही एजेण्डालाई मुखर बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह्र ढिलोगरी प्रदान गरेका कारण धरानका २० वटा वडाहरुमा भोट माग्नसम्म जान भ्याएनन् । अहिले उनी नपुगेका वडाहरुबाट उनले अपेक्षा गरेभन्दा बढी जनताको जनमत प्राप्त भएको बताएका छन् । उनले आज पनी सामाजिक संजाल फेसबुक मार्फत तपाइले प्रदान गर्नु भएको अमुल्य मत कहि तलमाथी नहोस भनी धरानका जनतालाई आग्रह गरे। 

उनले आफ्नो प्रभाव क्षेत्रमा मतगणना हुन बाँकी रहेको बताएका छन् । उनी भन्छन् ‘मैले पुग्न नसकेको र घुम्न नपाएको वडाहरुबाट सम्मानजनक मत पाएको छु । ‘मलाई जिताउने पनी धराने जनता र जित्ने पनी धराने जनता नै हुन् मत माध्यम मात्र हु उनले भने।’  धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ मतदाता रहेका छन्। स्थानीय तहका निर्वाचनमा धरानमा ६२ हजार ८ सय ९७ मत खसेको मतमा ११ हजार ५४८ मत गणना गरेका निर्वाचन आयोगको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...