News Portal

  • धरानमा कांग्रेस र एमालेसंग संगै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

    हिमालीसंचार संवाददाता
    २५२५ पटक

    धरान – धरान उपमहानगरपालिका धरानमा त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ । धरानमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । गठबन्दनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राईले ३६४५ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।

    त्यस्तै, एमालेकी मन्जु भण्डारी र स्वतान्त्र उम्मदेवार हर्क साम्पाङले मतान्तर घटाइरहेका छन् । एमालेकी मेयरकी प्रत्यासी भण्डारीले २८९५ मत प्राप्त गरी कांग्रेसका राईलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र प्रत्यासी धरानका भष्ट्राचारविरुद्धका सामाजिक अभियन्ता हर्क साम्पाङले २७०९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । 

    उपमेयरमा गठबन्दनको तर्फबाट माओवादी केन्द्रका अईन्द्रविक्रम बेघाले ३९५३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । एमालेका पदम इस्वोले ३४७६ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन्।

    धरानमा गठबन्धनका किशोर राई र एमालेकी मञ्जु भण्डारीको पकड रहेको क्षेत्रमा समेत साम्पाङले राम्रो मत ल्याएका छन् । एमाले र कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले लिडिङ गरेको वडाहरुमा समेत स्वतन्त्र उम्मेदवारको मत बढि झरेकाले चुनावी परिणाम अप्रत्यासित रुपमा आउन सक्ने अनुमान गरिएको छ   

    धरानको प्राप्त मत परिणामले एमालेको गडका रुपमा रहेको धरानमा मतदाताहरु राजनीतिक दलहरुप्रति वाक्क भएर स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएको देखिन्छ । धरानमा ११ हजार ५४८ मत गणना गरिएको छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...