News Portal

धरानमा कांग्रेस र एमालेसंग संगै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

हिमालीसंचार संवाददाता
२६८८ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ । धरानमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । गठबन्दनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राईले ३६४५ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।

त्यस्तै, एमालेकी मन्जु भण्डारी र स्वतान्त्र उम्मदेवार हर्क साम्पाङले मतान्तर घटाइरहेका छन् । एमालेकी मेयरकी प्रत्यासी भण्डारीले २८९५ मत प्राप्त गरी कांग्रेसका राईलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र प्रत्यासी धरानका भष्ट्राचारविरुद्धका सामाजिक अभियन्ता हर्क साम्पाङले २७०९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । 

उपमेयरमा गठबन्दनको तर्फबाट माओवादी केन्द्रका अईन्द्रविक्रम बेघाले ३९५३ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । एमालेका पदम इस्वोले ३४७६ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन्।

धरानमा गठबन्धनका किशोर राई र एमालेकी मञ्जु भण्डारीको पकड रहेको क्षेत्रमा समेत साम्पाङले राम्रो मत ल्याएका छन् । एमाले र कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले लिडिङ गरेको वडाहरुमा समेत स्वतन्त्र उम्मेदवारको मत बढि झरेकाले चुनावी परिणाम अप्रत्यासित रुपमा आउन सक्ने अनुमान गरिएको छ   

धरानको प्राप्त मत परिणामले एमालेको गडका रुपमा रहेको धरानमा मतदाताहरु राजनीतिक दलहरुप्रति वाक्क भएर स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएको देखिन्छ । धरानमा ११ हजार ५४८ मत गणना गरिएको छ । 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...