News Portal

धरान अपडेटः सत्तारुढ गठबन्धनको अग्रता अझै कायम, एमालेले स्वतन्त्रसंग मतान्तर धटाउदै

हिमालीसंचार संवाददाता
८८१ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मत गणना धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा जारी मतगणनामा कुल ७ हजार २ सय ६ मत गणना हुदासम्म सत्तारुढ गठबन्धनकै अग्रता कायम छ ।

सत्तरुढ गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले २ हजार ५ सय २६ मत प्राप्त गरी अग्रस्थान कायम गरिरहेका छन । त्यस्तै,  स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले १ हजार ७ सय २९ मत प्राप्त गरि अझै दोस्रो स्थान कायम गरेका छन भने एमाले मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले १ हजार ५ सय ८४ मत प्राप्त गर्दै स्वतन्त्रसंग मतान्तर घटाएकी छिन् ।

त्यस्तै, उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धन उम्मेदवार अइन्द्र विक्रम बेधाले २ हजार ६ सय ८३ मत प्राप्त गरेका छन । एमालेका उम्मेदवार पदम लिम्बुले १ हजार ९ सय ५० मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...