News Portal

खोटाङको केपिलासगढी पालिकामा नेकपा माओबादी केन्द्रका दुई वडाध्यक्ष निर्वाचित

हिमालीसंचार संवाददाता
५५६ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं. ४ बाक्सिलामा सत्तरुढ गठबन्धनका खड्गबहादुर तामाङ र वडा नं. ५ सप्तेश्वरका सत्तरुढ गठबन्धनकै हिमालभक्त राई निर्वाचित भए।  वडा नं. ४ का तामाङले ४५८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी नेपाली कांग्रेसको उम्मेदवारले ४२१ मत प्राप्त गरेका थिए। वडा सदस्यहरुमा तुफान राई र पुस्पराज राई, दलित महिला सदस्यमा गीता वि.क र महिला सदस्यमा रत्ना गुरुङ विजयी भएका छन् । 

वडा नं. ४ बाक्सिलामा तीन दलिय गठबन्धन नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले प्यानल सहित निर्वाचित भएका हुन्। 

त्यस्तै, वडा नं. ५ सप्तेश्वरमा तीन दलिय गठबन्धनका वडाध्यक्ष पदका उम्मेदवार हिमालभक्त राईले २३३ मत प्राप्त गरी प्यानलै निर्वाचित भएका छन्। 

सप्तेश्वर वडा नं. ५ का प्रत्यासी नेकपा एमालेका उम्मेदवारले २१४ मत प्राप्त गरेका थिए। वडा नं. ५ सप्तेश्वरमा कुल मतदाता संख्या १५०५ मा ९०४ जनाले मतदान गरेका निर्वाचन अधिकृतले जानकारी दिए। 

सप्तेश्वरमा पनी तीन दलिय गठबन्धनले प्यानल सहित निर्वाचित भएका हुन्। पालिकामा वडा नं.६ दिप्सुङ र वडा नं. ७ सुङदेलको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...