News Portal

  • भरतपुर महानगरपालिकाको मतगणना रोकियो, संचारकर्मीलाई बाहिर

    हिमालीसंचार संवाददाता
    २५६ पटक

    भरतपुर – भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।

    नेकपा एमालेका प्रतिनिधिका अनुसार छाप प्रस्ट नभएको भन्दै अन्य दलका प्रतिनिधिले सूर्यमा परेको मतलाई ‘बदर’ गराउन खोजेपछि मतगणना रोकिएको हो । 

    मतगणना जारी राख्नका लागि हाल छलफल भइरहेको बताइएको छ । यद्यपि, मतगणनास्थलबाट सञ्चारकर्मीलाई भने बाहिर निकालिएको छ ।

    कुल मत ५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

    यस्तै, उपमेयर तर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्वर्णिम वाग्ले भेटे रवि लामिछाने, सरकारलाई कोर्स करेक्सनको सिफारिस

    काठमाडौं, मंसिर २ – रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेसँग भेटेर उनको मुद्दामा सरकारलाई...

    मृतक बिरामीको नाममा औषधि र खाना, अस्पतालमा छानबिनको तयारी

    रुपन्देही, मंसिर २ – लुम्बिनी प्रादेशिक अस्पतालमा मृतक बिरामीको नाममा औषधि र खाना मागिएको घटना...

    प्रसाईँ पक्राउविरुद्ध समर्थकको विरोध प्रदर्शन

    काठमाडौं, मंसिर २ – दुर्गा प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौंअगाडि विरोध...

    रंगेली–गान्धी आश्रम सडकको काम तीव्र गतिमा अघि बढ्यो

    रबिन्द्र बराल/मोरङ, मंसिर २ – मोरङको रंगेलीदेखि गान्धी आश्रम हुँदै पथरी जोडिने सडकको काम तीव्र गतिमा...

    पठाओको राइडर छनोट अब थप कडा, अनिवार्य अनलाइन तालिम र परीक्षा लागू

    काठमाडौँ, मंसिर २ – राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले राइडर भर्ना प्रक्रिया नयाँ मोडेलमा...