News Portal

यातायात कार्यालय एकान्तकुनाका तत्कालिन प्रमुखसहित १० कर्मचारी बिरुद्ध मुद्दा दायर

हिमाली संचार संवाददाता
५८९ पटक

काठमाडौँ -यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुनाका तत्कालिन कार्यालय प्रमुख तेजनारायण यादव सहित १० कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार यादवसहित शाखा अधिकृत ईश्वरराज रेग्मी, मेकानिकल ईन्जिनियर श्याम केसी, शाखा अधिकृत भुपराज दाहाल, शिव प्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, ठुलो भ¥याङमा कार्यरत शाखा अधिकृत शालिग्राम पौडेल र यातायात ब्यवस्था विभागका अपरेटर लक्ष्मण तिवारी बिरुद्ध मुद्धा दायर गरेको हो ।

आयोगले ठुलो भ¥याङमा कार्यरत कम्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुनामा कार्यरत नासु लेखनाथ भुषाल उपर पनी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

‘आर्थिक लाभ लिएर राष्ट्रसेवक कर्मचारीहरुले ट्रायल परिक्षाको नतिजा फेरबदल एवम् थपघट गराएर लाइसेन्स बाँडेको अनुसन्धानबाट खुलेको छ’ अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले भने, ‘उनीहरुले २०७४ साउन १ गतेदेखी फागुन २५ सम्मको अवधिमा २०८ ओटा लाइसेन्सको नतिजा फेरबदल गरेर भ्रष्टाचार गरेको आयोगको अनुसन्धानको क्रममा देखिएको छ ।’

कर्मचारीहरुले आर्थिक लाभ लिएर २०४ ओटा सवारी चालक अनुमति पत्र बिक्री नै गरिसकेको बताईएको छ । आयोगले तथ्याङ्क परिवर्तन गरेर सक्कली लाइसेन्स बिक्री गर्ने कार्यमा संलग्न  कर्मचारीहरु उपर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसुरमा सोही दफा १३ बमोजिम हदैसम्मको जरिवाना र कैद सजाय हुन विशेष अदालतसमक्ष माग दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...