News Portal

मुलुकभर १४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित- आयोग

हिमालीसंचार संवाददाता
३४३ पटक

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि मुलुकभर भएको निर्वाचनमा ४४ वटा मतदान केन्द्रको मतदान स्थलहरुमा मतदान स्थगित भएको छ।

मुलुकभरका १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

देशभरका सबै स्थानीय तहमा निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि निर्वाचनको दौरान विभिन्न जिल्लामा भएका छिटपुट घटना र केही ठाउँमा भएका अप्रिय घटनाले मतदान स्थगित हुन गएको हो।

‘मौसम प्रतिकुलता र केही ठाउँमा भएका छिटपुट घटना तथा केही अप्रिय घटनाका कारण ४४ वटा मतदान केन्द्रको निर्वाचन रोकिएको छ’, थपलियाले भने’, ‘त्यहाँको बस्तुस्थिति हेरेर चाडै नै मतदानको प्रक्रिया अगाडि बढाउने बताए। 

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...