News Portal

धरान उपमहानगरपालिका धरानका सबै मतदान केन्द्रका आवश्यक तयारी पुरा

धरानमा १०७ स्थानमा मतदान केन्द्र

हिमालीसंचार संवाददाता
२२७ पटक

धरान – धरान उपमहानरपालिका धरानमा स्थानीय तह निर्वाचनका लागि नगरमा १०७ मतदान केन्द्र तोकिएका स्थानहरुमा आवश्यक तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

धरान उपमहानगरपालिका धरानमा २८ मतदान स्थल १०७ वटा मतदान केन्द्रबाट एकसाथ मतदान हुँदैछ । शुक्रबार मतदाता परिचयपत्र वितरण तथा मतदान केन्द्रहरुमा निर्वाचन स्थल निर्माण गर्ने कार्य सकिएको छ । शुक्रबार दिनभरी मतदानस्थल निर्माणका लागि कर्मचारी खटिएका निर्वाचन अधिकृत पुष्करराज नेपालले बताए। 

मतदान केन्द्रहरुमा बुथ, प्रतिकुल मौषमलाई ध्यान दिदै टेण्ट र त्रिपाललगायत सबै तयारी गरिएको पनि उनले बताए । मतदान केन्द्रमा मतदान अधिकृतहरु तयारी अवस्थामा रहेको र शुक्रबार बिहान ७ बजेदेखि मतदान शुरु गरिने पनि नेपालले बताए । मौषम पुर्वानुमान महाशाखाले शुक्रबार बर्षा हुने अनुमन गरेको कारण पनि गृह मन्त्रालयले सबै मतदानस्थलहरुमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको थियो । 

मतपेटिका भण्डारणस्थल र मतगणनास्थलमा सिसि क्यामेरासहित राम्रो सुरक्षा प्रबन्ध गरिएको पनि निर्वाचन अधिकृत नेपालले जानकारी दिए । मतपेटिका भण्डारण तथा गणनास्थल धरान १२ स्थित पब्लिक माविको प्राविधिक भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा नै हुनेछ । शुक्रबार मतदान सम्पन्न भएपछि मतगणना भने शनिबार बिहानदेखि हुने बताए। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...