News Portal

धरान उपमहानगरपालिका धरानका सबै मतदान केन्द्रका आवश्यक तयारी पुरा

धरानमा १०७ स्थानमा मतदान केन्द्र

हिमालीसंचार संवाददाता
२९५ पटक

धरान – धरान उपमहानरपालिका धरानमा स्थानीय तह निर्वाचनका लागि नगरमा १०७ मतदान केन्द्र तोकिएका स्थानहरुमा आवश्यक तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

धरान उपमहानगरपालिका धरानमा २८ मतदान स्थल १०७ वटा मतदान केन्द्रबाट एकसाथ मतदान हुँदैछ । शुक्रबार मतदाता परिचयपत्र वितरण तथा मतदान केन्द्रहरुमा निर्वाचन स्थल निर्माण गर्ने कार्य सकिएको छ । शुक्रबार दिनभरी मतदानस्थल निर्माणका लागि कर्मचारी खटिएका निर्वाचन अधिकृत पुष्करराज नेपालले बताए। 

मतदान केन्द्रहरुमा बुथ, प्रतिकुल मौषमलाई ध्यान दिदै टेण्ट र त्रिपाललगायत सबै तयारी गरिएको पनि उनले बताए । मतदान केन्द्रमा मतदान अधिकृतहरु तयारी अवस्थामा रहेको र शुक्रबार बिहान ७ बजेदेखि मतदान शुरु गरिने पनि नेपालले बताए । मौषम पुर्वानुमान महाशाखाले शुक्रबार बर्षा हुने अनुमन गरेको कारण पनि गृह मन्त्रालयले सबै मतदानस्थलहरुमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको थियो । 

मतपेटिका भण्डारणस्थल र मतगणनास्थलमा सिसि क्यामेरासहित राम्रो सुरक्षा प्रबन्ध गरिएको पनि निर्वाचन अधिकृत नेपालले जानकारी दिए । मतपेटिका भण्डारण तथा गणनास्थल धरान १२ स्थित पब्लिक माविको प्राविधिक भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा नै हुनेछ । शुक्रबार मतदान सम्पन्न भएपछि मतगणना भने शनिबार बिहानदेखि हुने बताए। 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...