News Portal

पाँचथरमा निर्वाचन अधिकृतदेखि सुरक्षा कमान्डर सबै महिला अधिकृत

हिमालीसंचार संवाददाता
४४६ पटक

पाँचथर – पाँचथरको फिदिम सुखबोध मतदान केन्द्रका निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिला अधिकृतहरुको काँधमा परेको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षा कमान्डरको अभिभारा महिलाको काँधमा छ।

जिल्लाका नगरपालिका शिक्षा शाखा प्रमुख निर्मला दाहालको नेतृत्वमा सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित ५ जनालाई दायित्व सुम्पिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजन सुवेदीले जानकारी दिए ।

यस निर्वाचन केन्द्रका सुरक्षा कमान्डर समाल्ने पनि सबै महिला अधिकृत छन् । यस मतदान केन्द्रमा करिब १ हजार २ सय मतदाताहरु छन् । मतदान सम्पन्न गर्नका लागि सर्वदलीय बैठक र अन्य तयारीसँगै व्यवस्थापनको सम्पूर्ण काम सम्पन्न गरिएको निर्वाचन अधिकृत दाहालले जानकारी दिइन् ।

त्यस्तै, तेह्रथुमको म्याङलुङ नगरपालिका–२, स्थित सिंहवाहिनी मावि ‘ख’ केन्द्रमा पनि मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारीसँगै सुरक्षा कमान्डरको सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । 

यस निर्वाचन केन्द्रमा कृषि विकास बैंक शाखा प्रबन्धक सीता खनालको नेतृत्वमा ७ महिला कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । यो निर्वाचन केन्द्रमा १ हजार ४ सय ५९ मतदाताहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...