News Portal

उपत्यकाभित्र आज मध्यरातिदेखि मदिरा बिक्रीमा रोक

हिमालीसंचार संवाददाता
३०३ पटक

काठमाडौं – काठमाडौं र ललितपुर मरानगरपालिकामा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ ।​ मौन अवधिभर ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौ र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो । जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले  जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।

उपत्यकाबाहेकका केही जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट नै मदिरा बिक्रीमा रोक लगाइसकेका छन् ।

मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ।  सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...