News Portal

तपाईको फेसबुकमा सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?

हिमालीसंचार संवाददाता
४४३ पटक

सोसल मिडिया प्लाटर्फम फेसबुकका दैनिक करोडौं सक्रिय प्रयोगकर्ता छन् । वास्तवमा फेसबुक अहिले आम मानिसको जीवनको अहम हिस्सा बनिसकेको छ ।

फेसबुक प्लाटर्फमलाई प्रयोगकर्ता मैत्री बनाउन तथा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिनका लागि फेसबुकले निरन्तर विभिन्न नयाँ नयाँ फिचरहरू ल्याउने गरेको छ ।

फेसबुकमा हामीले जुन कुरा सर्च गर्दछौं त्यसको पूरै डाटा फेसबुकमा स्टोर भएर बसेको हुन्छ । आफ्नो फेसबुकमा सर्च गरेको विवरण अर्थात् सर्च हिस्ट्री अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ भने तपाईंले सर्च हिस्ट्री डिलिट गर्नुपर्ने हुन्छ । फेसबुकमा सर्च हिस्ट्री कसरी डिलिट गर्ने त ? यसका लागि निम्न प्रक्रिया अपनाउनुपर्दछ :

– सबैभन्दा पहिले आफ्नो फेसबुक एप खोल्नुहोस् । त्यसपछि सर्च आइकनमा क्लिक गरी Edit अप्सन छान्नुहोस् ।

– Recent Search को छेउँमै भ्मष्तको बटन रहेको हुन्छ । त्योसँगै तपाईंको एक्टिभिटी लग खुल्दछ ।

– त्यसपछि Clear Search को विकल्पमा थिच्नुहोस् । यति गरेसँगै तपाईंको फेसबुकबाट सर्च हिस्ट्री पूर्णरुपमा डिलिट हुन्छ ।

– यस्तै यदि तपाईं फेसबुकको साइटबाट आफ्नो सर्च हिस्ट्री डिलिट गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् ।

– लगइन गरेसँगै दायाँ माथिल्लो छेउँमा ड्रपडाउन एरोको अप्सनलाई छान्नुहोस् । त्यति गरेसँगै तपाईंले Settings and Privacy अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि Activity Log को अप्सन छान्नुपर्दछ ।

– त्यहाँ तपाईंले Logged Actions and Other Activity भन्ने विकल्प छान्नुपर्दछ । त्यसपछि सर्च हिस्ट्रीको अप्सन प्राप्त हुन्छ ।

– उक्त अप्सनमा तपाईंले Clear Search मा थिचेर आफ्नो फेसबुकको सर्च हिस्ट्री पूर्णरुपमा डिलिट गर्न सक्नुहुन्छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...