News Portal

तपाईको फेसबुकमा सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?

हिमालीसंचार संवाददाता
४९९ पटक

सोसल मिडिया प्लाटर्फम फेसबुकका दैनिक करोडौं सक्रिय प्रयोगकर्ता छन् । वास्तवमा फेसबुक अहिले आम मानिसको जीवनको अहम हिस्सा बनिसकेको छ ।

फेसबुक प्लाटर्फमलाई प्रयोगकर्ता मैत्री बनाउन तथा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिनका लागि फेसबुकले निरन्तर विभिन्न नयाँ नयाँ फिचरहरू ल्याउने गरेको छ ।

फेसबुकमा हामीले जुन कुरा सर्च गर्दछौं त्यसको पूरै डाटा फेसबुकमा स्टोर भएर बसेको हुन्छ । आफ्नो फेसबुकमा सर्च गरेको विवरण अर्थात् सर्च हिस्ट्री अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ भने तपाईंले सर्च हिस्ट्री डिलिट गर्नुपर्ने हुन्छ । फेसबुकमा सर्च हिस्ट्री कसरी डिलिट गर्ने त ? यसका लागि निम्न प्रक्रिया अपनाउनुपर्दछ :

– सबैभन्दा पहिले आफ्नो फेसबुक एप खोल्नुहोस् । त्यसपछि सर्च आइकनमा क्लिक गरी Edit अप्सन छान्नुहोस् ।

– Recent Search को छेउँमै भ्मष्तको बटन रहेको हुन्छ । त्योसँगै तपाईंको एक्टिभिटी लग खुल्दछ ।

– त्यसपछि Clear Search को विकल्पमा थिच्नुहोस् । यति गरेसँगै तपाईंको फेसबुकबाट सर्च हिस्ट्री पूर्णरुपमा डिलिट हुन्छ ।

– यस्तै यदि तपाईं फेसबुकको साइटबाट आफ्नो सर्च हिस्ट्री डिलिट गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् ।

– लगइन गरेसँगै दायाँ माथिल्लो छेउँमा ड्रपडाउन एरोको अप्सनलाई छान्नुहोस् । त्यति गरेसँगै तपाईंले Settings and Privacy अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि Activity Log को अप्सन छान्नुपर्दछ ।

– त्यहाँ तपाईंले Logged Actions and Other Activity भन्ने विकल्प छान्नुपर्दछ । त्यसपछि सर्च हिस्ट्रीको अप्सन प्राप्त हुन्छ ।

– उक्त अप्सनमा तपाईंले Clear Search मा थिचेर आफ्नो फेसबुकको सर्च हिस्ट्री पूर्णरुपमा डिलिट गर्न सक्नुहुन्छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...