News Portal

चुनावको भिडियो अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने

हिमालीसंचार संवाददाता
२५२ पटक

काठमाडौं – निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडियो प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडियो आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गर्न सकिने आयोगले बताएको छ । त्यस्ता भिडियोहरु आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन्।

आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले बताएको छ।

आज सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार नगद दिने बताएको छ। यस्तै तीस लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार पुरस्कार दिने आयोगको भनाइ छ।

यस्तो छ सूचना:

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...