News Portal

खोटाङ जिल्लामा दलित महिला सदस्य परियार निर्विरोध निर्वाचित

हिमालीसंचार संवाददाता
३७० पटक

खोटाङ – खोटाङ जिल्लामा एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । जिल्लाका खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेदवार बच्चीमायाँ परियार निर्विरोध निर्वाचित भएकी हुन् ।

अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमायाँ परिवार निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय खोटेहाङ गाउँपालिकाले शुक्रबार सूचना टाँस गर्दै दलित महिला सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला भएका परियारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

जिल्लाका चिप्रिङमा केही एक घर मात्र दलित परिवारको बसोबास रहेको छ । सिंगो वडामा दलितको एक मात्र परिवार भएकाले अन्य दलले दलित महिला कोटामा उम्मेदवार उठाउन नसक्दा उनी निर्विरोध निर्वाचित भएकी हुन। 

निर्वाचन आयोगको मतदातासूचीमा बच्चीमायाँ सहित उनका श्रीमान पूर्णबहादुर दमाई, छोरी कमला परिवार, छोरा प्रकाश परिवार र बिकास परियारको नाम उल्लेख छ । अर्का छोरी सर्मिला परिवार बिवाह गरेर अन्यत्र गइसकेकी छन् । बिवाह गरिसकेकी छोरी निर्मला परिवार अपांग छिन् । प्रकाश बैदेशिक रोजगारीका सिलसिलामा बिदेशमा छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...