News Portal

खोटाङ जिल्लामा दलित महिला सदस्य परियार निर्विरोध निर्वाचित

हिमालीसंचार संवाददाता
२५३ पटक

खोटाङ – खोटाङ जिल्लामा एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । जिल्लाका खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेदवार बच्चीमायाँ परियार निर्विरोध निर्वाचित भएकी हुन् ।

अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमायाँ परिवार निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय खोटेहाङ गाउँपालिकाले शुक्रबार सूचना टाँस गर्दै दलित महिला सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला भएका परियारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

जिल्लाका चिप्रिङमा केही एक घर मात्र दलित परिवारको बसोबास रहेको छ । सिंगो वडामा दलितको एक मात्र परिवार भएकाले अन्य दलले दलित महिला कोटामा उम्मेदवार उठाउन नसक्दा उनी निर्विरोध निर्वाचित भएकी हुन। 

निर्वाचन आयोगको मतदातासूचीमा बच्चीमायाँ सहित उनका श्रीमान पूर्णबहादुर दमाई, छोरी कमला परिवार, छोरा प्रकाश परिवार र बिकास परियारको नाम उल्लेख छ । अर्का छोरी सर्मिला परिवार बिवाह गरेर अन्यत्र गइसकेकी छन् । बिवाह गरिसकेकी छोरी निर्मला परिवार अपांग छिन् । प्रकाश बैदेशिक रोजगारीका सिलसिलामा बिदेशमा छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...