News Portal

केपिलासगढी गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार शेर्पासहित सात जनाको उम्मेदवार फिर्ता

हिमालीसंचार संवाददाता
५२२ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार बनेका साङ्गे शेर्पा सहित सात जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।

यस्तै, वडाध्यक्षका तीन, दलित महिला सदस्यका एक, महिला सदस्यका एक र खुला सदस्यका एक जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

केपिलासगढीमा नेपाली कांग्रेसबाट अध्यक्षमा समिर राई र उपाध्यक्षमा राधा गिरी, नेकपा एमालेबाट अध्यक्षमा कृष्णकुमार राई र मैयाँ सुनुवार, गठबन्धनकातर्फबाट अध्यक्षमा नेकपा एकीकृत समाजवादीका माइतीराज राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले उम्मेदवारी दिई चुनावी मैदानमा रहेका छन् । केपिलासगढी गाउँपालिकामा नेपाली कांग्रेस बाहेकको गठबन्धन बनेको हो ।

तस्वीर- कालिकाप्रसाद रिमाल

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...