News Portal

सिके राउतमाथि राज्यविरुद्ध अपराधको मुद्वा

हिमाली संचार संवाददाता
६०० पटक

काठमाडौं– स्वतन्त्र र छुट्टै मधेसको वकालत गर्दै आएका सिके राउतमाथि राज्य विरुद्धको अपराधको मुद्धा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरले सोमबार राउतमाथि राज्यविरुद्धको अपराधको मुद्धा चलाएको  हो ।  राउत यसअघि लागेको राज्यविरुद्धको अपराधकै मुद्धाको तारेख लिएर फर्किदै गर्दा आइतबार साँझ गौरबाट पक्राउ परेका थिए ।

प्रहरीले उनलाई थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको छ  । राउत पक्राउ परेपछि उनका कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना समेत बसेका थिए ।

धर्नाकारी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । राउतले केही वर्षदेखि स्वतन्त्र मधेसको पक्षमा वक्तव्य दिँदै आएका छन् । सोही क्रममा उनलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...