News Portal

मुसिकोट नगरपालिकामा ८० जनाले उम्मेदवारी फिर्ता लिए

हिमालीसंचार संवाददाता
२३५ पटक

रुकुम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुख, १ जना उपप्रमुखका उम्मेदवारसहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका छन्

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्य सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत अशोक कुमार रानाले जानकारी दिए । त्यस्तै नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका वीरबल केसी, एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार अञ्जना चन्द, राप्रपाबाट उम्मेदवारी दिएका नवीन मल्ल र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार दिएका प्रेम बोहराले उम्मेदवारी फिर्ता लिएका छन् ।

उता काँग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । अधिकृत रानाका अनुसार २५ जना वडाध्यक्ष, ११ जना महिला सदस्य, ११ जना दलित सदस्य र २८ जना खुल्ला सदस्य पदका उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...