News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालगन्जको ट्राफिक व्यवस्थापन फितलो, पैदल यात्रुसमेत असुरक्षित

    हिमालीसंचार संवाददाता
    ३०४ पटक

    बाँके। दृष्यले नेपालगन्जको ट्राफिक व्यवस्थापनलाई मज्जैले गिज्याइरहेका छन्। सडकमा न रेखाहरू छन्, न ट्राफिक बत्तीका संकेतहरू, त ट्राफिक प्रहरी नै सडकमा देखिन्छ। ट्राफिक चिन्हहरू कहींकतै देख्न पाइँदैन। सवारी–साधनहरू अनियन्त्रित रूपमा दौडिरहेका छन्।

    पैदल यात्रुहरू पनि सडकमा मनपरी रूपमा हिँडिरहेका देखिन्छन्। जहाँ मन लाग्यो त्यहींबाट बाटो काटिरहेका हुन्छन्। अटो रिक्साहरु मनपरी दौडिरहेका हुन्छन्, जहाँबाट पायो त्यहीबाट फनक्क घुमाइन्छन्। अटो रिक्सा चालकले न साइड लाइट बल्छन्, न साइट काट्न लागेको इसारा नै गर्छन्।

    मालबाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारीसाधन पार्किङ्ग हुँदै आएका छन्। पार्किङ्ग निषेध गरिएको स्थानमा नै सवारी धनीहरुले आफ्ना सवारीसाधन पार्किङ्ग भइरहेका हुन्छन्। रु.५०/१०० को लोभमा ट्राफिक प्रहरी भने मुखदर्शक भएर देखे पनि नदेखेजस्तै गरी बस्ने गरेको छ।

    नेपालगन्जको मुख्य बजार क्षेत्रमा जथाभावी पार्किङ र फुटपाथ व्यापारीका ठेलाले भरिएको छ। यसले बजारको स्वरुप मात्रै विगारेको छैन, ट्राफिक व्यवस्थापन कस्तो छ भन्ने माथिका दृष्य पनि आफैमा लजाइरहेको छ। लाग्छ बाँकेमा ट्राफिक प्रहरी नै छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय असुलीतिरै केन्द्रीत छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा ‘पहुँचवाला’ हाकिम आएसँगै विगतमा केही सन्तोषजनक रहेको नेपालगन्ज र कोहलपुर ट्राफिक व्यवस्थापन अस्तव्यस्तसँगै भद्रगोल बनेको छ। बाँके ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको छ। ‘हिमालय राज’कै हुकुमी शैलीबाट मन नमिल्ने ट्राफिक प्रहरी ‘आजित’ बनेका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा सचिवालयबाट पहुँचकै आधारमा सोझै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके आएका प्रहरी निरीक्षक हिमालय शाह आफू स्थानीय अर्थात् नेपालगन्जबासी भएकोले आफूलाई कसैले हल्लाउन नसक्ने धक्कु लगाएर ‘हिमालय राज’ चलाउँदै जिल्लामा दरबन्दी भएकालाई कार्यालयमै थन्क्याएर काजमा पठाएका छन्।

    जिल्लामा रहेका विभिन्न पोष्टमा आफु निकटका इन्चार्ज पठाएर शक्ति र सत्ताको आडमा ‘हिमालय राज’ चलाइरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख एवं प्रहरी निरीक्षक हिमालय शाहको ध्यान ट्राफिक व्यवस्थापनतर्फ फिटिक्कै छैन। ट्राफिक व्यवस्थापनमा भन्दा रकम असुल्नेतिर मात्रै ट्राफिकको ध्यान गएको आरोप छ।

    ‘कमाउधन्दा’मै केन्द्रीत भएका ट्राफिक प्रमूख शाहले जिल्लामा रहेका ट्राफिक पोष्टमा आफू निकटका व्यक्तिलाई इन्चार्ज बनाएर पठाएपछि ट्राफिक प्रहरीभित्रै असन्तुष्टि मौलाएको छ। ‘हाकिम साबले सबै पोष्टमा आफ्ना विश्वास पात्र खटाउनुभएको छ,’ स्रोतले भन्यो। अधिकांश ‘हिमालय राज’ नजिकका रहेको पनि ट्राफिक प्रहरी स्रोतले बतायो।

    ट्राफिक प्रमूख शाहले गलत पृष्ठभूमी भएका व्यक्तिलाई इन्चार्ज बनाएर पोष्टमा खटाउँदा बाँकेमा ट्राफिक प्रहरी सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन कार्यान्वयनतर्फ भन्दा ‘रकम असुली’मा केन्द्रीत भएको ट्राफिक प्रहरी कार्यालय स्रोत बताउँछ। ट्राफिक प्रहरी ‘कति बेला मुर्गा भेटिन्छ’ भनेर साँझ परेपछि एकान्त सडकमा ‘पासो’ थापेर बस्ने गर्छ।

    ‘राम्रा छवी भएकाहरु कार्यालयमा थन्क्याइएका छन्। विगतमा अँध्यारोमा रसिद काट्ने सिद्धिगणेशदेखि लाइसेन्सको रकम असुली गर्ने गणेशसम्मका व्यक्तिलाई साढे बनाएर हाकिम साबले असुलीमा लगाउँदा ट्राफिक प्रहरी बदनाम भएको छ।’ ट्राफिक व्यवस्थापन फितलो हुँदासमेत ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी बेखबर रहेको विभिन्न दृष्यहरुले देखाउँछन्।

    फुटपाथ व्यापारी सडकमै साइकल र ठेला राखेर ट्राफिक व्यवस्थापनलाई चुनौति दिइरहँदा ट्राफिक प्रहरी बेखबर छ। अझ भन्नुपर्दा ट्राफिक प्रहरीभित्र ‘हिमालय राज’ चलिरहेका बेला बाँकेमा ट्राफिक प्रहरी कहाँ छ भनेर ‘टर्च लाइट’ बालेर खोज्नुपर्ने अवस्था छ। ट्राफिक व्यवस्थापनमा केन्द्रीत हुनुको साटो ट्राफिक प्रहरी रकम असुलीतर्फ केन्द्रीत भएको छ।

    ट्राफिक व्यवस्थापन फितलो हुँदा पैदल यात्रुसमेत असुरक्षित बनेका छन्। पैदल हिँडिरहेका सर्वसाधारण यात्रुले तीव्र गतिको सवारी अनियन्त्रित हुँदा जीवन गुमाउनुपरेको छ। अधिकारकर्मी भोला महतले एकाविहानै ‘अनि दुर्घटना किन नहोस्’ भन्दै पोष्ट गरेका तस्वीरहरुले बाँकेमा ट्राफिक प्रहरी छ कि छैन भन्नेतर्फ इंगित गरेको छ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयका संयोजकसमेत रहेका महतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मुख्य सडकमा यातायात गुडने ठाउँमा यसरी बेन्च राखेर ब्यापार गरेपछि…। बाँकेमा दैनिकजसो दुर्घटना भइरहेका बेला ट्राफिक ब्यवस्थापनको जिम्मेवारी बोकेको निकायको ध्यान जावोस्।’

    नेपालगन्जकै युवा उद्यमी विनोद अग्रहरीले पनि बाँकेमा देखिएको ट्राफिक अस्तव्यस्ततालाई लिएर चिन्ता व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘ट्राफिक ब्यवस्था न्यून छ, जसले जसरी पायो त्यसरी नै चलाइराखेका छन्, दुर्घटनाको सम्भावना अत्याधिक छ नेपालगन्जमा। आवश्यक परेमात्र बाटोमा निस्कनुहोस्, चोकमा रोकिन सुरक्षित छैन।’

    बाँकेमा दैनिकजसो सवारी दुर्घटना बढेपछि उनले व्यंग्य गर्दै लेखेका छन्, ‘चल्दै गरेको बाइकमा मोबाइमा कुरा गर्दै हिड्ने, ट्रक, बस, टिप्पर र ब्याट्री रिक्सा एकै हातले चलाउन सक्ने अर्को हातमा मोबाइलले कुरा गर्न सक्ने नेपालगन्जिया सलमान खान… ऋतिक रोशन… अजय देवगनहरुसँग सावधान रहनुहोला, बिना पैसा टिकट काटिन सक्छ।’

    यहाँको भद्रगोल ट्राफिक व्यवस्थापनले ट्राफिक प्रहरीलाई नै गिज्याइरहेको छ। त्यतिमात्रै होइन सवारी चालकलाई समेत कुन गतिमा सवारी हुँइक्याउने भन्ने जानकारी नहुँदा बजार क्षेत्रमै सवारीसाधनको गति निकै तीव्र हुन्छ। ट्राफिक लाइट, होर्डिङ्ग बोर्ड, जेब्राक्रस जस्ता चिन्हहरू नेपालगन्जमा देख्नै पाइँदैन। न त त्यसको प्रयोगमा नागरिकको चासो नै देखिन्छ।

    ‘नो पार्किङङ्ग’ लेखेको ठाउँमा समेत सवारी साधन राखेको धेरै ठाउँमा देख्न सकिन्छ। पैदल यात्रीलाई हिँड्नै सकस छ। बाटोको छेउछाउमा व्यापारीहरूले राखेको पसलको सामान र मुख्य सडक छेउछाउमै फुटपाथ मौलाइरहँदा नेपालगन्ज र कोहलपुर बजार क्षेत्र झनै कुरूप र असुरक्षित बन्दै जान थालेको स्थानीयहरु बताउँछन्।

    ट्राफिक व्यवस्थापन नहुँदा नेपालगन्ज र कोहलपुर बजार क्षेत्र अव्यवस्थित र कुरूप मात्रै बनेको छैन, यसबाट दुर्घटनाको जोखिम पनि उच्च रहेको स्थानीय कृष्ण रिजाल बताउँछन्। ती क्षेत्रमा सवारी साधन र पैदल यात्रुको थामिनसक्नु भीडभाड हुन्छ। यसले बजार क्षेत्र कुरुप देखिनुका साथै गम्भीर किसिमको सवारी दुर्घटना निम्तन सक्ने जोखिम बढेको हो।

    यता केही महिनाअघि प्रधानमन्त्रीको सचिवालयबाट सरुवा भई आएका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक हिमालय शाहलाई भने आफू निकटका आसेपासेलाई कमाइ हुने र रोजेका पोष्टमा व्यवस्थापन गरेर आफुले पनि ‘राम्रै कमाउने’ भुत सवार भएपछि बाँकेमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन ‘बालै फरर…।’

    प्रतिकृया दिनुहोस्

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...