News Portal

नेपाल आईडलबाट बाहिरीएका झक्कड थापालाई एम.जि.एमका नेपालीले गरे आर्थिक सहयोग

हिमाली संचार संवाददाता
११७३ पटक

कर्ण बहादुर अधिकारी
मकाउ,चीन – नेपाल आईडलको प्रथम सिजनबाट एक्दमै भाईरल भएका दैलेख निवासी झक्कड थापा दोश्रो सिजनमा पनि त्यसरी नै भाईरल हुन पुगे। बिशेषत गलामा भन्दा पनि कलामा सक्षम देखिएका झक्कडलाई करोडौ नेपाली जनताले मन पराए।

आर्थिक अबस्था कमजोर भएका झक्कडको परीवारसंग युट्युवरहरूले लिएको अन्तरबार्तालाई नै फ्लोअप गर्दै झक्कडको दयनीय अबस्थालाई मध्यनजर राख्दै एम.जि.एम मकाउमा कार्यरत रहेका नेपालीहरूले दशैको मुखैमा नेरू २६ हजार सहयोग गरेका छन्।

एम.जि.एममा कार्यरत रहेका राम बहादुर केसीको पहलमा जम्मा गरीएको रकम एम.जि.एममै कार्यरत रहेका हरी गुरूङ्का श्रीमति पुजा गुरूङ मार्फत झक्कडलाई हस्तान्तरण गरीएको थियो।

झक्कड थापा भद्रगोल टेली सिरीएलमा समेत अभिनय गरेका छन भने यिनको आफ्नै स्वरमा गीत समेत रेकर्ड भएर युट्युवमा आई सकेको छ। एम.जि.एममा कार्यरत रहेका नेपालीहरूले बिगत देखि नै नेपालीहरूलाई सहयोग गर्दै आई रहेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...