News Portal

आगामी अप्रिल १ देखि नेपालसहित ९ देशको उडान प्रतिबन्ध हटाइने, अप्रिल १९ देखि स्कुलहरु पुनः संचालन गर्ने

हिमालीसंचार संवाददाता
२४१ पटक

युवा राई/हङकङ – हङकङ सरकारले आगामी अप्रिल १ तारिखदेखि ९ देशको उडानमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ। हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सोमबार ९ देशको उडान प्रतिबन्ध हटाउने जानकारी दिएकी हुन्।

यसअघि, कोरोना महामारीका कारण हङकङले नेपालसहित ९ देशको उडानमाथि २० अप्रिलसम्म प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धित देशहरुमा नेपाल, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र संयुक्त राज्य अमेरिकालगायत ९ देशका उडानहरु प्रतिबन्धित थिए।

लामले आज गरेका घोषणा अनुसार; “अप्रिल १ तारिखदेखि प्रतिबन्धित ९ देशको उडान प्रतिबन्ध हटाईने, यात्रुको पाँचौं दिन पीसीआर परीक्षणमा नेगेटिभ आएमा र छैटौं र सातौं दिन र्‍यापिड एन्टिजेन परीक्षणबाट नेगेटिभ आएमा अप्रिल १ तारिखदेखि १४ देखि ७ दिनमात्र होटल क्वारेन्टिनको अवधि घटाइने भएको छ। 

सामाजिक दूरीका उपायहरू २० अप्रिलसम्म कायम रहने, अप्रिल २१ देखि तीन महिनामा तीन चरणहरूमा सहज बनाइने, प्राथमिक विद्यालय, अन्तर्राष्ट्रिय विद्यालय र किन्डरगार्टेनहरूले अप्रिल १९ तारिखदेखि कक्षाहरू सुचारु गर्ने, माध्यमिक विद्यालयहरूले माध्यमिक शिक्षाको डिप्लोमा परीक्षापछि अन्य कक्षाहरू अप्रिल २२ देखि सुचारु गर्ने बताएकी हुन्। 

त्यस्तै, कम्पलसरी युनिभर्सल टेस्टिङ निलम्बित गर्ने र हङकङ र चीनका शहरको बोर्डर खोल्न गृहकार्य गर्ने समेत बताएकी छिन्। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...