News Portal

एन.आर.एन.मकाउको १०औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

हिमाली संचार संवाददाता
१४८६ पटक

मकाउ, चीन – गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउको दशौ बार्षिक उत्सव एवं साधरण सभा भब्यताको साथ बुधबार बिशेष कार्यक्रमका साथै सम्पन्न भएको छ।

महाबाणिज्य दुताबास हंगकंग तथा मकाउका प्रतिनिधि गजेन्द्र भट्टाराइको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरुमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का निर्बतमान सल्लाहकार त्रिलोक गुरुङ, गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का पूर्व कोषाध्यक्ष प्रकाश पुन त्यसैगरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का निर्बतमान एशिया प्यासिफिक उप संयोजक कृष्ण पाण्डे, गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद्का हंगकंगका अध्यक्ष राधिका(टिका) गुरुङ हुनु हुन्थ्यो।

त्यसै गरी अतिथिहरुमा  गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का सदस्य मुकेश कुमार बरुवाल,सल्लाहकार राम कार्की, रामेन्द्र गुरुङ र हेम बहादुर तामांग साथै मकाउमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएत  मकाउमा कार्यरत रहेका नेपालीहरुको बाक्लो उपस्थितिको रहेको थियो।

१०औ बार्षिक उत्सबको समुदघाटन महाबाणिज्य दुताबास प्रतिनिधि गजेन्द्र भट्टाराई र संघका अध्यक्ष शान्ति अधिकारीले संयुक्त रुपमा गर्नु भएको थियो। कार्यक्रममा बर्तमान अबस्थामा नेपालीहरूले भोग्दै आएका समस्याहरूको बारेमा साथै दशौ बार्षिक उत्सब भएकोले संघलाई प्रमुख अतिथि,बिशेष अतिथी र अतिथिहरूले शुभकामना दिएका थिए।

उक्त कार्यक्रममा विभिन्न खेल बिधाबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा पदक दिलाउन सफल खेलाडीहरु राजु नगरकोटी,निशान जी.सी तेक्वान्दो, नारी चन्द,नवल गुरुङ र शान्ति अधिकारी एथलेटिक,प्रकाश राई बडी बिल्डिंग र मकाउमा बीर गोरखालीको पहिचान बनाउन सफल भएका राम बहादुर के.सी (प्रिन्स)लाई प्रसंशापत्रबाट सम्मान गरिएको थियो।त्यसै गरी कलाकारीता बिधामा प्रकाश सिंह,मोहन अछामी,बुद्ध श्रेष्ठ र सत्य योन्जनलाई सम्मान पत्र बितरण गरीएको थियो।

त्यसै गरी संघको स्थापना देखि २०१७ सम्मका पधादिकारी हरुलाई पनि कदर पत्र बाट सम्मान गरिएको थियो भने सस्था गठन देखि महत्वपुर्ण योगदान दिनुहुनेहरु (प्रकाश पुन, त्रिलोक गुरुङ र टिका गुरुङ) लाई मानार्थ तथा कदरपत्रबाट सम्मान गरिएको थियो सोहि अन्तर्गत ५ बिदेशी नागरिकहरु Bruno Nunes, Lorenzo Lameiras, Marcia Tin, Celia Ng र Alice Leongलाई पनि कदरपत्रबाट सम्मान गरीएको  थियो।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शान्ति देवी अधिकारीले गर्नु भएको थियो, कार्यक्रम महासचिब पूर्ण गुरुङले संचालन गर्नु भएको भने बरीष्ठ उपाध्यक्ष मंगल राईले स्वागत मन्तब्य दिनु भएको थियो।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...