News Portal

  • मोरङको लेटाङमा भिड नियन्त्रण गर्न बिहानैदेखि कफ्यु

    हिमालीसंचार संवाददाता
    ११८ पटक

    लेटाङ – मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएपछि लेटाङमा आज बिहानैदेखि कर्फ्यु जारी गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अनिश्चितकालीन कर्फ्यु लगाइएको बताएका छन्। 

    दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।

    आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनामा मोरङ प्रहरी उपरीक्षकसहित १० जनाभन्दा बढी प्रहरी र स्थानीय बासिन्दा घाइते छन्। प्रहरी श्रेष्ठको घाँटीमा छुरा प्रहार भई गम्भीर घाइते भएकी थिइन। उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

    छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए। आन्दोलित विद्यार्थी, स्थानीय सहित जनप्रतिनिधिले समेत उनलाई जुत्ताको माला लगाई बजार परिक्रमा गरेर प्रहरीको जिम्मा  लगाउने माग गरेका थिए। तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ५ गतेको राशिफल

    आज साउन ५, २०८२ (जुलाई २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...