News Portal

  • लेटाङ शिक्षा बिकास माबिका शिक्षकद्वारा जबर्जस्ती गरेको आरोपमा विद्यालय तनाब ग्रस्त, विद्यार्थी र प्रहरी झडप

    एक मोटरसाईकल र एम्बुलेन्समा क्षति, एक प्रहरी र चार विद्यार्थी सामान्य घाइते

    हिमालीसंचार संवाददाता
    २७६ पटक

    लेटाङ – मोरङ जिल्लाको लेटाङ ५ स्थित श्री शिक्षा विकास माध्यमिक विद्यालयमा आइबार दिनभर तनाबग्रस्त भयो । कक्षा ६ मा अध्ययनरत १२ वर्षीय किसोरीमाथी सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती गरेको आरोपमा विद्यार्थी उत्तेजित  विद्यार्थीहरुले आरोपित शिक्षक बिरुद्ध नाराबाजी गरिरहेका थिए ।

    स्थानीयका अनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घर गएर जबरजस्ती प्रयास गरेका थिए । घरमा कोही नभएको समयमा पुगेका शिक्षक पौडेलले जवरजस्ती गरेपछि बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन । बालिकाको प्रतिकार पछि पौडेल त्यहाँबाट भागेका थिए ।

    लेटाङ –३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् । यस अघि पनि दुईपटक अन्य किशोरी माथि झम्टिएका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुन यस्ता घटना नदोहो¥याउन चेतावनी दिइएको थियो । बिद्यालयको प्रतिष्ठा जोगाउनका लागि शिक्षकलाई जोगाइएका थिए।

    पौडेलले तेस्रो पटक आफ्नै शिष्यलाई जवरजस्ती गरेपछि शिक्षा विकास मावि आइतबार बिहानैदेखि  तनावग्रस्त भएको थियो । पीडित विद्यार्थीले आफू माथि भएको अभद्र ब्यबहार अभिभावक  र माथिल्लो कक्षाका विद्यार्थी साथीहरूलाई सुनाएपछि विद्यार्थीहरू उत्तेजित भएका थिए । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुका साथै शिक्षकलाई मार्ने भन्दै धावा बोलेपछि दिनभर शिक्षक पौडेललाई प्रहरीको घेराबन्दीमा हालेर बिद्यालय भित्रै संरक्षण गरेको थियो । 

    प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर घाइते बिद्यार्थी प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरेको थियो । तर, छिमेकी विद्यालयका बिद्यार्थी  र अभिभावक समेत भेला भएर शिक्षक पौडेल बिरुद्ध नाराबाजी गर्दै विद्यार्थीले एम्बुलेन्स माथि पनि ढुङ्गा मुडा गर्न थालेपछि प्रहरीले चालिस राउण्ड बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र बिद्यार्थी बीच झडप हुँदा प्रहरी जवान रेणु यादव घाइते भएकी थिइन्। यस्तै, नाराबाजीमा उत्रिएका ४ जना विद्यार्थी समेत धाईते भएका छन् । 

    नगर प्रमुख शंकर राईले संविधान संसोधन गरेर भएपनि बलात्कारमा संलग्न हुनेहरूलाई फाँसीको सजायको ब्यवस्था गर्नुपर्ने माग गरेका थिए । उहाँले घटनालाई राजनीतिक रंग नदिई निष्पक्ष छानविन गर्न प्रशासनसँग माग गरेका नगर प्रमुख राईले नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन्।  तर, शिक्षक दोषी ठहरे कारवाहीको भागेदार बन्नुपर्छ । नगर प्रमुख राईका अनुसार यस अघि पनि यस्ता घटना लुकाइएको र यस्तो जघन्य अपराध मिलापत्र गर्ने सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । बिहान साडे १० बजेपछि तनाबग्रस्त भएको बिद्यालय परिसर साँझसम्म पनि शान्त भएको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...