News Portal

लेटाङ शिक्षा बिकास माबिका शिक्षकद्वारा जबर्जस्ती गरेको आरोपमा विद्यालय तनाब ग्रस्त, विद्यार्थी र प्रहरी झडप

एक मोटरसाईकल र एम्बुलेन्समा क्षति, एक प्रहरी र चार विद्यार्थी सामान्य घाइते

हिमालीसंचार संवाददाता
३२१ पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ ५ स्थित श्री शिक्षा विकास माध्यमिक विद्यालयमा आइबार दिनभर तनाबग्रस्त भयो । कक्षा ६ मा अध्ययनरत १२ वर्षीय किसोरीमाथी सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती गरेको आरोपमा विद्यार्थी उत्तेजित  विद्यार्थीहरुले आरोपित शिक्षक बिरुद्ध नाराबाजी गरिरहेका थिए ।

स्थानीयका अनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घर गएर जबरजस्ती प्रयास गरेका थिए । घरमा कोही नभएको समयमा पुगेका शिक्षक पौडेलले जवरजस्ती गरेपछि बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन । बालिकाको प्रतिकार पछि पौडेल त्यहाँबाट भागेका थिए ।

लेटाङ –३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् । यस अघि पनि दुईपटक अन्य किशोरी माथि झम्टिएका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुन यस्ता घटना नदोहो¥याउन चेतावनी दिइएको थियो । बिद्यालयको प्रतिष्ठा जोगाउनका लागि शिक्षकलाई जोगाइएका थिए।

पौडेलले तेस्रो पटक आफ्नै शिष्यलाई जवरजस्ती गरेपछि शिक्षा विकास मावि आइतबार बिहानैदेखि  तनावग्रस्त भएको थियो । पीडित विद्यार्थीले आफू माथि भएको अभद्र ब्यबहार अभिभावक  र माथिल्लो कक्षाका विद्यार्थी साथीहरूलाई सुनाएपछि विद्यार्थीहरू उत्तेजित भएका थिए । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुका साथै शिक्षकलाई मार्ने भन्दै धावा बोलेपछि दिनभर शिक्षक पौडेललाई प्रहरीको घेराबन्दीमा हालेर बिद्यालय भित्रै संरक्षण गरेको थियो । 

प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर घाइते बिद्यार्थी प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरेको थियो । तर, छिमेकी विद्यालयका बिद्यार्थी  र अभिभावक समेत भेला भएर शिक्षक पौडेल बिरुद्ध नाराबाजी गर्दै विद्यार्थीले एम्बुलेन्स माथि पनि ढुङ्गा मुडा गर्न थालेपछि प्रहरीले चालिस राउण्ड बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र बिद्यार्थी बीच झडप हुँदा प्रहरी जवान रेणु यादव घाइते भएकी थिइन्। यस्तै, नाराबाजीमा उत्रिएका ४ जना विद्यार्थी समेत धाईते भएका छन् । 

नगर प्रमुख शंकर राईले संविधान संसोधन गरेर भएपनि बलात्कारमा संलग्न हुनेहरूलाई फाँसीको सजायको ब्यवस्था गर्नुपर्ने माग गरेका थिए । उहाँले घटनालाई राजनीतिक रंग नदिई निष्पक्ष छानविन गर्न प्रशासनसँग माग गरेका नगर प्रमुख राईले नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन्।  तर, शिक्षक दोषी ठहरे कारवाहीको भागेदार बन्नुपर्छ । नगर प्रमुख राईका अनुसार यस अघि पनि यस्ता घटना लुकाइएको र यस्तो जघन्य अपराध मिलापत्र गर्ने सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । बिहान साडे १० बजेपछि तनाबग्रस्त भएको बिद्यालय परिसर साँझसम्म पनि शान्त भएको छैन।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...