News Portal

  • प्रदेश नं. १ सरकारले भलिबल खेलाडी छनौट गरी, विदाई गर्यो

    हिमालीसंचार संवाददाता
    १३८ पटक

    इटहरी – आगामी चैत ७ गतेदेखि धनगढीमा हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउनका लागि  प्रदेश १ सरकारले खेलाडीहरुलाई  एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।

    सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्री राजन राईले सुनसरीको इटहरीबाट विदाइ गरेका हुन् 

    खेलाडीहरुलाई खेल पोशाक र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री राईले उच्च मनोवलका साथ खेलमा सहभागी हुन आग्रह गरेका थिए । मन्त्री राईले सो प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त भएमा प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्ने समेत बताएका छन् ।

    प्रतियोगिताको टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे रहेका छन् । टिममा प्रकाश लावती लिम्बु (झापा), सन्देश विष्ट (भोजपुर), दिलिप राई (ओखलढुंगा), मिलन श्रेष्ठ (तेह्रथुम), निश्चल थापा (उदयपुर), अनिल श्रेष्ठ (ओखलढुंगा), यामबहादुर कटुवाल (ताप्लेजुङ), अभिशेक थापा (ओखलढुंगा), हिमाल प्रसाइँ (ताप्लेजुङ), संयोग नेम्वाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रविन कटुवाल (खोटाङ) का खेलाडीहरु सहभागी हुनेछन् ।

    प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनोट प्रदेश नं १ भलिवल संघसँगको सहयोगमा सामाजिक विकास मन्त्रालयले गरेको थियो । खेलाडीलाई सामाजिक विकास मन्त्रालय र प्रदेश नं १ भलिवल संघको सहकार्यमा दमक र धरानमा १५ दिनको वन्द प्रशिक्षण सञ्चालन गरिएको थियो ।

    आयोजित विदाई कार्यक्रममा मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, प्रदेश १ भलिवल संघका अध्यक्ष हरीबहादुर निरौला, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा र पुर्व क्याप्टेन ऋषिराज आचार्य तथा प्रदेश भलिवल संघका पदाधिकारी, सामाजिक विकास मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    उक्त प्रतियोगितामा सात वटै प्रदेश, तीन विभागिय टोली नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मी सहित १० टिम सहभागी हुने आयोजकले जनाएको छ भने प्रतियोगिता चैत्र ७ देखि १२ गतेसम्म संचालन हुनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...