News Portal

रूसी आक्रमणमा परी ६४ बालबालिकासहित ८४७ युक्रेनीको मृत्यु

हिमालीसंचार संवाददाता
१८८ पटक

रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन्। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले शनिबारसम्म रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिक र ६४ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो। एक हजार ३९९ जना युक्रेनी घाइते समेत भएका छन्।

धेरैजसो आर्टिलरी, रकेट, मिसाइल, एयर स्ट्राइक लगायत विस्फोटक हतियारबाट मारिएको कार्यालयले जनाएको छ।वास्तविक मृत्युको संख्या भने अझै नखुलेको रोयटर्सले जनाएको छ। मृत्युको संख्या यो भन्दा बढी हुनसक्ने आँकलन गरिएको छ। 

युक्रेनमा कार्यालयको निगरानी गर्ने टोली ठूलो संख्यामा खटिएको भए पनि धेरै क्षति पुगेको सहरहरूबाट मृत्यु हुनेको संख्या निकाल्न कठिन भएको हो। त्यसका बावजुद पनि ८४७ जनाले ज्यान गुमाइसकेको तथ्यांकले देखाएको हो। जसमा १५५ जना पुरूष र ११९ जना महिला छन्। यस्तै ६४ बालबालिका र ५०९ वयस्यकहरू रहेको कार्यालयले जनाएको छ। 

युक्रेनको राजधानी किभका अधिकारीहरूले शनिबारसम्म त्यहाँका २२८ मानिसहरू मारिएको बताएका छन्। जसमध्ये चार जना बालबालिका समेत छन्। किभमा मात्रै ९१२ मानिस घाइते रहेको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

अमेरिकी गुप्तचर संस्थाका रिपोर्टहरूका अनुसार सात हजार बढी रूसी सैनिकसमेत मारिएको गत बिहीबार न्युयोर्क टाइम्सको समाचारमा उल्लेख थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ तारिख युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...