News Portal

  • ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

    अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थी सुनसहित पक्राउ परेका हुन्

    हिमालीसंचार संवाददाता
    १७६ पटक

    काठमाडौं – ड्रोनभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जना भुटानी शरणार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।

    पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बाहिङ राई छन्। भट्टराईका अनुसार उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। तर त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्।

    ‘एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्। कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखियो,’ उनले भने, ‘ड्रोनको लेन्सनिर सुनको बिस्कुट रहेछ।’ सुरूमा उनीबाट १०० ग्राम सुन बरामद भएको थियो। त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि जाच गरेको थिए। 

    त्यसभित्र रहेको जुत्ता भित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भएको भट्टराईले बताए। ‘जुत्ता भित्र पनि ९३४ ग्राम सुन जस्तो धातु तर बाहिर चाँदीको जलप लगाइएको वस्तु फेला परेको छ,’ उनले भने, ‘त्यसको परीक्षण हुँदैछ। रिपोर्ट आइसकेको छैन।’

    उनीबाट पाँच वटा फोन पनि बरामद भएको छ। पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...