News Portal

चेकमा मिति गलत लेखेको भन्दै वडाध्यक्षले फोडे नगरप्रमुखको ढोका

५८८ पटक

कैलाली – घोडाघोडी नगरपालिका वडाध्यक्षले आफ्नै नगर प्रमुखको कार्य कक्षमा तोडफोड गरेका छन्। रकम भुक्तानीको विषयलाई लिएर वडा नं. ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको ढोका तोडफोड गरेका हुन्। तोडफोडबाट नगरप्रमुख कार्यालयको ढोकाको सिसा फुटेको छ।

नगरपालिकाभित्र रहेका छाडा चौपाया व्यवस्थापन बापतको छ लाख रुपैयाँभन्दा बढि रकमको काम सम्पन्न भैसके पनि भुक्तानी नहुँदा  बोगटीले तोडफोड गरेको स्थानीयले बताएका छन्। चौपाया व्यवस्थापनका लागि छुट्ट्याइएको रकम भुक्तानी चेकको मितिमा २०७५ को ठाउँमा  २०७३ लेखिएको देखेपछि आक्रोसित वडाध्यक्ष बोगटीले नगरपालिकाका नगर चौधरीको कार्यकक्षको ढोका फुटाएका हुन्।

घटनापछि वडाध्यक्ष बोगटीले विज्ञप्ति निकालेका छन्। विज्ञप्तिमा ढोका जोडले तान्दा सिसा चर्केको र पछि फुट्न गएको उल्लेख छ।

साउन १४ देखि छाडा चौपाया व्यवस्थापन समितिले वडा नं. ८ को सिस्नेरीमा करिब एक हजार ७०० छाडा चौपाया व्यवस्थापन गरिएको छ। जसका लागि आवश्यक सामान खरिद तथा हेरालुलाई पारिश्रमिक दिन नपाइएकाले चेक माग्दा मिति गलत उल्लख गरेकाले आक्रोशित बनेको वडाध्यक्षले बताए। थाहाखबर

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...