News Portal

चेकमा मिति गलत लेखेको भन्दै वडाध्यक्षले फोडे नगरप्रमुखको ढोका

५८० पटक

कैलाली – घोडाघोडी नगरपालिका वडाध्यक्षले आफ्नै नगर प्रमुखको कार्य कक्षमा तोडफोड गरेका छन्। रकम भुक्तानीको विषयलाई लिएर वडा नं. ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको ढोका तोडफोड गरेका हुन्। तोडफोडबाट नगरप्रमुख कार्यालयको ढोकाको सिसा फुटेको छ।

नगरपालिकाभित्र रहेका छाडा चौपाया व्यवस्थापन बापतको छ लाख रुपैयाँभन्दा बढि रकमको काम सम्पन्न भैसके पनि भुक्तानी नहुँदा  बोगटीले तोडफोड गरेको स्थानीयले बताएका छन्। चौपाया व्यवस्थापनका लागि छुट्ट्याइएको रकम भुक्तानी चेकको मितिमा २०७५ को ठाउँमा  २०७३ लेखिएको देखेपछि आक्रोसित वडाध्यक्ष बोगटीले नगरपालिकाका नगर चौधरीको कार्यकक्षको ढोका फुटाएका हुन्।

घटनापछि वडाध्यक्ष बोगटीले विज्ञप्ति निकालेका छन्। विज्ञप्तिमा ढोका जोडले तान्दा सिसा चर्केको र पछि फुट्न गएको उल्लेख छ।

साउन १४ देखि छाडा चौपाया व्यवस्थापन समितिले वडा नं. ८ को सिस्नेरीमा करिब एक हजार ७०० छाडा चौपाया व्यवस्थापन गरिएको छ। जसका लागि आवश्यक सामान खरिद तथा हेरालुलाई पारिश्रमिक दिन नपाइएकाले चेक माग्दा मिति गलत उल्लख गरेकाले आक्रोशित बनेको वडाध्यक्षले बताए। थाहाखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...