
सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नं. ५ स्थित एक संस्थाको बरण्डा भाँचिएर ७ जना स्थानीय घाईते भएका छन् । सोताङ गाउँपालिका ५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बरण्डा भाँचिएर ७ जना घाईते भएका हुन् ।
सोताङमा घाईते भएका सबिना राई, पार्वता बस्नेत, हरि माया बस्नेत, निरु गौतम, राधा बस्नेत र मन कुमारी कार्की घाईते भएका छन् । धाईते मध्ये हरिमाया बस्नेतको अवस्था गम्भीर रहेको सोताङका स्थानीयले बताएका छन् ।
स्थानीय स्वास्थ्य केन्द्रमा उपचार नहुने भएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको छ । विहानको समयमा बैठक बस्न जम्मा हुँदा बरण्डाले भार थेग्न नसकेर संस्थाको बरण्डा भाँचिएको हो ।