News Portal

सांसद तामाङले गरे मेलम्ची खानेपानीको गाडी दुरुपयोग

हिमालीसंचार संवाददाता
३४३ पटक

काठमाडौँ। पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समितिंं) को गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ। सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो।

उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेको पाइएको हो। गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन्। उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ। गाडी मर्मतमा ७ लाख ६५ हजारको स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ।

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालय समक्ष पेस गरेका छन्। उनी भन्छन्, ‘मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयो, बुझ्नुपर्छ।’

ग्यारेजमा थन्किएको छ गाडी सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असार भन्दा अघि १० दिनका लागि मेलम्चीको गाडी लगेका थिए। उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएका उनी निकट स्रोतको भनाइ छ। तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेको छ।

मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो। पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेको तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए। – योहोटिभी

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...