सोलुखुम्बुबाट राजधानीका लागि हिडेका सुमो दुर्घटना, ३ जना यात्रु धाईते

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाबाट राजधानी काठमाडौंका लागि छुटेको सुमो दुर्घटना हँदा ३ जना घाइते भएका छन्। सोलुको सल्लेरीबाट काठमाण्डौ राजधानीका लागि छुटेको ना १ ज ४८०४ नम्बरको सुमो सोलु स्थित दुधकुण्ड नगरपालिका ११ तिङनासामा दुर्घटना भएको हो ।
दुर्घटनामा सवारीचालक सिन्धुपल्चोकको जुगल गाउँपालिका ५ का ५० वर्षीय रत्न सुनार, चितवन भरतपुरका ३१ वर्षीय सुमन गदाल र काठमाडौ महानगरपालिका १० का ३२ वर्षीय शेखर शर्मा सामान्य घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कटुवालका अनुसार घाइते सबैलाई स्थानीय रमिते स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात काठमाडौ पठाइएको छ । सुमो आफै अनियन्त्रित भएर सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ । सुमोमा ९ जना सवार यात्रु मध्ये ६ जना भने सकुशल रहेका छन ।

















