News Portal

चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ शहर लकडाउन

हिमालीसंचार संवाददाता
२५७ पटक

चीनमा थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ। सबैभन्दा धेरै कोरोना संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ शहर र काउन्टीमा पुन लकडाउन गरिएको छ। एक करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको शहर शेनझेनमा पनि लकडाउन गरिएको छ। झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन्। चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन्। 

‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन्। ६ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिरहेको एएफपीले जनाएको छ। चीनमा अहिलेसम्म एक लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...