News Portal

  • चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ शहर लकडाउन

    हिमालीसंचार संवाददाता
    २०५ पटक

    चीनमा थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ। सबैभन्दा धेरै कोरोना संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

    चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ शहर र काउन्टीमा पुन लकडाउन गरिएको छ। एक करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको शहर शेनझेनमा पनि लकडाउन गरिएको छ। झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन्। चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन्। 

    ‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन्। ६ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिरहेको एएफपीले जनाएको छ। चीनमा अहिलेसम्म एक लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ६ गतेको राशिफल

    आज साउन ६, २०८२ (जुलाई २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा...

    ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

    काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी...

    लिची बगैंचा घोटाला : घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा तानिए

    काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक...

    जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

    जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त...